• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ४. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ५. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

‘अभिषाप बन्यो खडीखानीको सपना’

  •   आइतबार, बैशाख ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चैनपुर (बझाङ) । कुनैबेला बझाङका युवाका लागि भारतको उत्तराखण्डका खडीखानी (लेख्ने चकजस्तै ढुङ्गाको खानी) जानु ठूलो ‘सोख’ र ‘सान’को विषय थियो । खडिखानीमा पसिना चुहाएर मनग्य आम्दानी हुने भएपछि स्थानीय युवाको सपना नै ठेकेदारमार्फत् उत्तराखण्ड जानु हुन्थ्यो । यतिसम्मकि यहाँका धेरै युवाले कमाइको लोभमा माध्यमिक तहको अध्ययन गर्नुभन्दा मुग्लान पस्नुलाई आफ्नो भलाई ठान्थे । त्यस्तै नियतिले मष्टा गाउँपालिका–६ का लक्ष्मण बोहरालाई पनि पछ्यायो ।

    विगत १२र१५ वर्षदेखि त्यहाँ आउनुजानु लक्ष्मणको नियमित कर्मजस्तै थियो । यहीक्रममा एक दशकअघि पनि उहाँले मङ्सिरमा खेतबारीमा गहुँ छरेर दर्जनबढी आफन्तसँगै दैलो छोड्नुभयो । सुरूआती दिन राम्रैसँग बिते । यसताका कामको चापले घर छोडेको १५ महिनापछि मात्रै जन्मथलो फर्किएको उहाँको मनस्पटलमा ताजै छ । “जीवनको पहिलो कमाइ बाआमालाई दिँदा उहाँहरूको आँखामा खुसीको आँशु बगेको थियो,” लक्ष्मण सम्झनुहुन्छ, “छोरो गरी खाने भइसक्यो भनेर गाउँभरि खुसी साट्दै मिठाइ बाड्नुभएको अहिल्यै होजस्तो लाग्छ ।”

    मेहनतअनुसार खडीखानीको कमाइले बाबाआमालाई सदरमुकाम राख्ने, घर–जमिन जोड्ने र त्यसपछि बिहे गर्ने लक्ष्मणको तयारी थियो तर उहाँले १० वर्षअघि विवाह गर्नै पर्ने भयो । बिहेपछि पनि उहाँको कमाइ राम्रै थियो । आवतजावत चलेकै थियो । उहाँ पाँचौपटक बाबाआमा र छोरीलाई सदरमुकाम राख्ने र उतै पढाउने सल्लाह गरेर खडीखानीतर्फ लाग्नुभयो तर यो उहाँको अन्तिम यात्रा भयो । खानी खन्दैगरेका बेला पहिरो पहिरो झर्यो । त्यही पहिरो उहाँका लागि अभिषाप बनेर आयो । लक्ष्मणले दिएको जानकारी अनुसार पहिरो झरेपछि सँगै काम गरिरहेका साथीहरू भाग्न सफल भए तर उहाँ भने सुरूकै ढुङ्गा टाउकोमा लागेर त्यही ढल्नुभयो । पछि ठूलो पहिरोले कम्मरभन्दा मुनीको भाग पूरै च्यापियो ।

    “मेरो होस् नै थिएन । अन्य साथीहरूले अचेत अवस्थामै अस्पताल पुर्याए छन् । अस्पतालमा महिनादिनपछि मात्रै मेरो चेत खुल्यो । ठेकेदार र अस्पतालले चलखेल गरेर सञ्चो भइसक्यो भनेर घर पठाए”, ति दिन सम्झिँदै उहाँ भन्नुहुन्छ,“सामान्य औषधि दिएर ‘डिस्चार्ज’ गर्यो तर फेरि असञ्चो भएपछि मेरा भाइहरू भएको ठाउँ बैङ्लोरमा लिएर उपचार गरियो ।” त्यहाँ चार महिनासम्म उपचार गरिएपछि चिकित्सकको सल्लाहमा औषधि बोकेर घर पठाइएको उहाँले बताउनुहुन्छ । “घर फर्कँदा मर्नु न बाँच्नु भयो । अहिले आमाबुबा र श्रीमतीले स्याहार्दै आएका छन् । छ वर्षदेखि परिवारको सहयोग र औषधिको भरमा स्वास धानिएको छ”, लक्ष्मणले मलिन मुद्रामा भन्नुभयो ।

    लक्ष्मणको मेरूदण्ड भाँचिएको हुँदा कम्मरभन्दा तलको भाग चल्दैन । अहिले ७३ वर्षीय बुबा धनपति बोहराले उहाँलाई सहारा दिइरहनुभएको छ । आफू र श्रीमतीले पाउने वृद्धभत्ता र छोरा लक्ष्मणले पाउने अपाङ्गता भत्ताबाट परिवारको पेट पालिएको बुबा धनपतिले बताउनुभयो । “ आफ्नो जीवन बाचुञ्जेल सबै छोराका लागि केही व्यवस्था गरिदिने सोच थियो । विडम्बना कान्छो छोरा लक्ष्मणको यो हालत भयो । छोराको उपचारमा भएको सबै सम्पत्ति खर्चिदा पनि सञ्चो भएको छैन । अब बाँकी दिन कसरी काट्ने होला”, उहाँले भन्नुभयो ।

    बुबा धनपतिका अनुसार छोराको उपचारका लागि रु ३५ लाख खर्च भएको छ भने त्यसमध्ये पाँच लाख भाइ, पाँच लाख रोजगारदाताले दिएको र रु २५ लाख लक्ष्मणकै भागको जग्गा बेचेर खर्च गरिएको हो । “बुबाआमालाई सुख दिने बेलामा उल्टै बुढेसकालमा उहाँहरूको गलगाँडजस्तै भएको छु । उठ्न र बस्नसक्ने अवस्था पनि छैन । अझै घाउ सञ्चो भएको छैन । घरका सबैले काम छोडेर मेरै सेवा गरिरहनुपरेको छ”, लक्ष्मणले पीडा पोख्नुभयो ।

    उहाँले विगत छ वर्षदेखि मासिक २० हजार बराबरको औषधि नियमितरूपमा सेवन गरिरहनुपरेको सुनाउनुुभयो । त्यो खर्च धान्न बोहरा परिवारलाई धौधौ छ । “अन्न नउब्जिएपछि छाक टार्नै मुस्किल छ । कमाई छैन, सामाजिक सुरक्षा भत्ताले खान पुग्दैन । त्यसैमा छोराको उपचारमा ऋण लागेकाले समस्यामा छौँ”, बुबा धनपतिले दुःखेसो पोख्नुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ४.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ५.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.