हेटौंडा । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेस र ब्राइटनले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा क्रिस्टल र ब्राइटनले १–१ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा क्रिस्टलले बराबरीमा चित्त बुझाउनु परेको हो ।
खेलको १९ औं मिनेटमा विलफ्रेड जाहाले पेनाल्टीमा गोल गर्दै क्रिस्टललाई १–० को अग्रता दिलाए । ब्राइटनका खेलाडीले मिची बात्सुयाईलाई पेनाल्टी क्षेत्रमा लडाएपछि क्रिस्टलले पेनाल्टी पाएको थियो । तर खेलको ९० औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए । यस्तै खेलको इन्जुरी समयमा लेविस डंकले रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा समेटिएको थियो । बराबरीसँगै क्रिस्टलले ५ खेलमा ७ अंक जोडेको छ । क्रिस्टल तालिकाको १२ औं स्थानमा रहेको छ । ब्राइटन ४ अंक जोडेर तालिकाको १६ औं स्थानमा रहेको छ ।
इंग्लिस प्रिमियर लिगः क्रिस्टल र ब्राइटनको बराबरी
इंग्लिस प्रिमियर लिगः क्रिस्टल र ब्राइटनको बराबरी
- अ
- अ
- अ








