काठमाडौं । बारामा नेपाल प्रहरीलाई गोली हानेर भाग्न खोज्ने भारतीय नागरिकलाई गोली हानी नियन्त्रणमा लिइएको छ । बाराको सिम्रौनगढ नगरपालिका–९ स्थित सीमा क्षेत्रबाट मोतिहारी जिल्ला पूर्वीचम्पारण दुधिअवा बस्ने २८ वर्षीय वृजकिशोर कुसवाहालाई गोली हानी नियन्त्रणमा लिइएको हो । बुधबार दिउँसो ३ बजेतिर सिम्रौनगढ नगरपालिका ९ सानो बंकुलमा भारतबाट नेपाल आउँदै गरेका कुशवाहामाथि प्रहरी हवल्दार छोटेलालप्रसाद यादवको कमान्डमा खटिएको टोलीले शंका लागेर रोक्न खोज्दा उनले प्रहरीमाथि नै गोली चलाएर भाग्न खोजेपछि फायरिङ गरी नियन्त्रणमा लिनुपरेको प्रहरीले जनाएको छ । प्रहरीको गोलीबाट कुसवाहाको बायाँ पाखुरामा चोट लागेको छ । प्रहरीले उनको साथबाट एक थान पेस्तोलसहित सोमा लाग्ने पाँच राउन्ड गोली बरामद गरेको छ । उनको उपचारको लागि कंकाली पोलिक्लिनिकल सिम्रौनगढमा लगिएको छ








