• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

चितवनमा रगत पाउनै मुस्किल

  •   सोमबार, जेठ २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरस्थित क्षेत्रीय रक्तसञ्चार केन्द्रले यही जेठ १५ मनाङमा पुगेर रक्त सङ्कलन कार्यक्रम आयोजना ग¥यो । स्थानीय श्वेता रक्तदाता अभियानले सङ्कलन गरेको ५५ युनिट रगत लिएर केन्द्रका प्राविधिक फर्किए । गत चैत र वैशाख महिनामा मात्र पोखराको प्रादेशिक रक्तसञ्चार केन्द्रबाट दुई हजार युनिट रगत भरतपुर ल्याइयो । अहिले रगतको अभाव टार्न पोखरालगायतका केन्द्रमा अनुरोध गरिएको भए पनि रगत पाउन सकिएको छैन ।

    केन्द्रका प्रमुख रमेशकान्त पौडेल रगतको माग सहज बनाउन निरन्तर लागिरहेको भए पनि कठिन हुँदै आएको जानकारी दिनुभयो । केन्द्रले जिल्लासहित मकवानपुर, बारा, रौतहट, सर्लाही, धादिङ, लमजुङ, तनहुँ, गोरखा, नवलपरासी ९बर्दघाट–सुस्ता पूर्व०मा पुगेर रगत सङ्कलन गर्ने गरेको छ । विगतका तुलनामा रगत सङ्कलन घट्दो रहेको छ भने माग बढ्दो छ । उहाँका अनुसार गत आर्थिक वर्षमा २७ हजार एक सय चार युनिट रगत सङ्कलन गरिएको थियो ।

    केन्द्रमा नै गएर प्रदान गरिको रगतको युनिट पाँच हजार आठ सय ३५ थियो । केन्द्रले विगतमा ३५ हजार युनिटसम्म रगत सङ्कलन गर्ने गरेको थियो । रक्त सङ्कलन क्रमशः घट्दै गएको केन्द्रले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन शाखाद्वारा केन्द्र सञ्चालित छ । शाखाका सभापति हरि पौडेल अधिकतम प्रयास गरेर रगतको मागलाई धान्दै आएको बताउनुहुन्छ । दैनिक सयदेखि एकसय ५० युनिटसम्म रगत यहाँ माग हुने गर्दछ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज, भरतपुर अस्पताल र निजी अस्पतालमा रगतको माग हुने गर्दछ ।

    सङ्कलन भएको रगतलाई रक्ततत्व छुट्याएर एक युनिट रगतले दुई जना बिरामीको आवश्यकतालाई पूर्ति गरिँदै आएको छ । सभापति पौडेल युवाहरुको पलायन अवस्था, रक्तदानसम्बन्धी उत्प्रेरणाको कमी, अहिलेको अवस्था निकै गर्मी हुनु, ज्वरोलगायतका रोग देखिनु, खानपानलगायतका कारण युवा अवस्थामा नै दीर्घरोग देखिनुजस्ता कारण रगत सङ्कलनमा कमी आएको बताउनुहुन्छ । यससँगै रक्तदानसम्बन्धी कार्यक्रम हुँदासमेत रगत कम सङ्कलन हुने गरेको जनाइएको छ ।

    भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष डा भोजराज अधिकारी रक्तदाता कसले रगत दिन मिल्छ भन्ने विषयमा परीक्षण गर्ने प्राविधिकका कारण पनि रक्तदाता घटेको बताउनुहुन्छ । रगत सङ्कलन गर्ने प्राविधिकलाई तालिम दिनुपर्ने उहाँ बताउनुहुन्छ । आवश्यकताभन्दा बढी कडाइ गर्ने गरेको जनाउँदै उहाँले उच्च रक्तचाप, मधुमेहजस्ता बिरामीले पनि औषधि खाएर सामान्य बनेको अवस्थामा रगत दिन मिल्ने बताउनुभयो ।

    दुर्लभ समूहका रक्तदातालाई पैसा दिने र अन्यलाई सट्टामा केही सहुलियत दिएर रगत सङ्कलन गर्नुपर्ने उहाँ बताउनुहुन्छ । विद्यालय, कलेजलगायतका सङ्घ संस्थाको क्यालेन्डरमा वर्षका तीनदेखि चार पटक रक्तदान कार्यक्रम राख्नुपर्ने उहाँको सुझाव छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.