नवलपुर । पूर्वी नवलपरासीको रजहरमा रहेको हालको कोरोना बिशेष अस्थायी अस्पताल (सामुदायिक प्राकृतिक चिकित्सालय)का ब्यवस्थापक हरि सापकोटा सहित तीनजना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ण्डकी प्रदेशकै नमुना आइसोलेसनको रुपमा रहेको यस अस्पतालका ब्यवस्थापक सापकोटा सहित लेखापाल अजुद्या वाग्ले, पुरुष थेरापी प्रमुख थानेश्वर वाग्लेमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा। बिनोद पौडेलले जानकारी दिनुभएको छ । डा।पौडेलका अनुसार उहाँरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । यस्तै बिहीबार नै नवलपरासी पुर्वको जिल्ला प्रहरी कार्यालयका १२ प्रहरीसँगै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा सक्रिए कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । अहिलेसम्म जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।








