• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

नारायणगढ–बुटवल सडक : काम गर्न छाडेर म्याद थप्न दौडधुप

  •   शनिबार, असार २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । जेठ २९ गते नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिम दुवै जिल्लाका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी प्रमुख र सरोकारवालाले निर्माण कम्पनी र ठेकेदारलाई निर्देशन दिए, “नारायणगढ–बुटवल सडकखण्डमा अवरोध भए एक घण्टाभित्र सञ्चालनमा ल्याउनू।” ठेकेदार र निर्माण कम्पनीले हुन्छ भन्दै प्रतिबद्धता जनाए । याे समाचार गाेरखापत्र दैनिकमा छ, यो निर्देशन दिएको २० औँ दिनमै प्रतिबद्धता उल्लङ्घन भयो ।

    नारायणगढ–बुटवल सडकखण्डको चोरमारा क्षेत्रमा १२ घण्टासम्म सडक जाम भयो । रातो माटो भएको ओरालो बाटोमा हल्का पानी परेपछि गाडी चल्नै सकेनन् । “१२ घण्टा जाम हुँदा पनि चिनियाँ ठेकेदार कम्पनीले बाटो खुलाउन कुनै प्रयास गरेन, फोन गर्दा धेरैको मोबाइल ‘अफ’ छ । ‘अन’ भएकाहरूको पनि फोन नै उठ्दैन,’’ ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यले भने ।  यो कुरा जिल्ला प्रहरी कार्यालय, प्रजिअ कार्यालय हुँदै गृह सचिवसम्म रिपोर्टिङ भयो । माथिको आदेशपछि ठेकेदार कम्पनीका चार जनालाई अफिसबाटै उठाएर जिल्ला प्रहरी कार्यालयमा चार घण्टा राखेपछि ठेकेदारले चिप्लो बाटोमा गिट्टी बालुवा ओछ्याउने प्रतिबद्धतासहित फिल्डमा खटिए ।

    त्यसको अनुगमन गर्न पत्रकारसहित सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाल, जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युत आचार्यसहितको टोली चोरमारा पुग्यो । अनुगमनमा जाँदा पनि दुईरचार ट्रक गिट्टी बालुवा ओछ्याएर टालटुले काम हुँदै थियो । गाडीको जाम अझै उस्तै थियो । प्रहरीले क्रेनले ट्रक धकेल्दै बाटो खुलाउने प्रयास गर्दै थियो । तर, ठेकेदारले हुन्छ हुन्छ भनेर पनि काम नगर्ने गरेको ट्राफिक प्रमुख आचार्यको भनाइ छ ।

    “राति १ बजेदेखि जाम भएको हो, एसपी र सिडिओ सा’बबाट दबाब दिएपछि हल्का काम गरे जस्तो गर्छन् तर हरेक पटक गर्छु भनेर पनि काम हुँदैन, व्यवहारमा देखिन्न,” ट्राफिक प्रमुख आचार्यले भने । जिल्ला प्रशासन कार्यालयले नारायणगढ–बुटवल सडक आयोजनाको पूर्वी खण्डका प्रमुखलाई जानकारी गराएर समन्वय गर्न आग्रह गर्दा पनि काम नभएको बताएको छ । गत वर्ष दोस्रो पटक थपिएको म्याद सकिन अब केही हप्ता मात्र बाँकी छ । साउन ८ गते आयोजनाको म्याद सकिने हो ।

    यो अवधिमा सबै काम सक्नुपर्ने थियो तर अहिलेसम्मको भौतिक प्रगति ५२ प्रतिशत मात्र रहेको ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनका प्रोजेक्ट म्यानेजर राकेश झाले जानकारी दिए । अघिल्लो वर्ष म्याद थप्दा झन्डै ४२ प्रतिशत भौतिक प्रगति भएको थियो र त्यसलाई बढाएर ७५ प्रतिशत पु¥याउने र कम्तीमा एकतर्फी बाटो कालोपत्रे गर्ने भनिएको थियो तर थपेको म्याद सकिन केही हप्ता मात्र बाँकी छँदा पनि भने अनुसारको प्रगति नदेखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.