काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । मन्त्रालयका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार २२५ जनामा संक्रमण देखिएको हो । योसँगै कुल संक्रमितको संख्या एक लाख ५५ हजार २३३ पुगेको छ । संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या १ लाख ८ हजार ३३३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ८४६ जना उपचारपछि डिस्चार्ज भएका छन् । १३ जनाको मृत्यु भएको छ । योसँगै मृतकको ८४२ पुगेको छ ।








