• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

बन्नेभयो भरतपुरको क्रिकेट रंगशाला, निर्माण कम्पनिसँग ३० महिनामा सक्ने ठेक्का सम्झौता

  •   सोमबार, असार २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढ्ने भएको छ । आज भरतपुर महानगरपालिकाले रंगशाला निर्माण गर्न ठेकेदार कम्पनीसँग सम्झौता गरेसँगै काम अघि बढ्ने भएको हो । महानगरले आइतबार महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै निर्माण कार्य अघि बढ्ने भएको हो । महानगरका सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीका अनुसार महानगरले १ अर्ब २० करोड रुपैयाँको ठेक्का आह्वान गरेकोमा १२ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए ।

    तिमध्ये सबैभन्दा कम लागत ६८ करोड २ लाख ६४ हजार रुपैयाँमा ठेक्का प्रस्ताव दिने हिमालयन कालिञ्चोक जेभीसँग सम्झौता गरिएको महानगरले जनाएको छ । उसले यो बजेटबाट रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्याराफिट, ड्रेन, २ वटा ३/३ तल्लाको भिआईपी टावरलगायतका संरचनाहरू निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिएको हो । रंगशालामा ५ हजार जना दर्शक अट्ने प्याराफिट बनिसकेको छ । गत फागुन १७ गते महानगरले ३० दिनको म्याद राखेर रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।

    तर एउटामात्रै कम्पनीले प्रस्ताव राखेपछि गरेपछि त्यो प्रक्रिया विवादित बन्यो । महानगरले उक्त प्रक्रियामा राखिएको रंगशाला निर्माण गरेको कम्पनीलाई मात्रै ठेक्का दिने भन्ने मापदण्ड हटाइ उक्त टेण्डर रद्ध गरेर जेठ ३ गते पुनः टेण्डर आह्वान गरेको थियो । दोस्रो पटक १ अर्ब १० करोड रूपैयाँको टेण्डर आह्वान गरिएको थियो । पछिल्लो टेण्डर प्रस्तावमा पहिलो पटक प्रस्ताव दिएको कम्पनीभन्दा १० लाख ७५ हजार कम प्रस्ताव पेश गरेको हिमालयन कालिञ्चोक जेभीसँग ठेक्का सम्झौता भएको महानगरले जनाएको छ ।

    ठेक्का सम्झौता अनुसार ३० महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ । हिमालयन कालिञ्चोक जेभी प्रवन्ध निर्देश्क विकास गौतमले १५ दिनपछि रंगशाला निर्माणको काम थाल्ने बताएका छन् । उनले यो हप्ता व्यवस्थापनमा लागेर १५ दिनभित्रै काम थाल्ने बताए । ठेक्का अवधि ३० महिनाको भएपनि त्यसअघि नै काम सकिने गरि थालिने उनको भनाइ छ । धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट अघि बढाउने भनेपनि रकम अभावका कारण रंगशाला अलपत्र परेको थियो ।

    रंगशालाको काम ठप्प भएपछि भरतपुर महानगरपलिकाले स्वामित्व लिइ निर्माण प्रकृयाको बजेट सुनिश्चित गर्न पहल गरेको हो । रंगशाला निर्माण गर्न आगामी आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारले ५० करोड रूपैयाँ विनियोजन गरेको महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिएकी छिन् । भरतपुर महानगरपालिकाले पनि रंगशालाको अधुरो काम पुरा गर्न भनेर आगामी वर्षका लागि ४ करोड ३० लाख रूपैयाँ बजेट नगरसभाबाट स्वीकृत गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.