• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भद्रकाली मन्दिरका सत्तल पुनःनिर्माण गरिँदै

  •   बिहिबार, असार २८, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राणाकालमा सिंहदरबार निर्माण सम्पन्न भएपछि बाँकी रहेको सामग्री प्रयोग गरेर बनाइएको भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गरिने भएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको सत्तल पुनःनिर्माण गर्न लागिएको हो । सत्तलको दक्षिणी भागको एउटा भवनबाट पुनःनिर्माण सुरु गर्ने गरी आज काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले शिलान्यास गर्नुभयो । तीन वर्षमा रु ३४ करोड ७० लाखको लागतमा निर्माण गरिने सत्तलको शिलान्यास गर्दै उहाँले धार्मिक तथा ऐतिहासिक सम्पदा पुनःनिर्माण गर्न राजनीतिक रुपमा सबैको सहयोग आवश्यक पर्नेमा जोड दिनुभयो ।

    महानगरपालिका सांस्कृतिक, ऐतिहासिक, धार्मिक पक्ष जीवित राख्ने गरी यहाँका सम्पदा पुनःनिर्माणमा जुटेको उपप्रमुख डङ्गोलले बताउनुभयो । वसन्तपुर दरबार क्षेत्रको आगम्छे घर पुनःनिर्माणका लागि पनि महानगरपालिकाले पहल गर्ने उहाँले योजना सुनाउनुभयो । राणा प्रधानमन्त्री चन्द्रशमशेर राणाले सिंहदरबार पुनःनिर्माण गराएपछि बाँकी रहेको निर्माण सामग्रीले सत्तल बनाएको भनिए पनि कति सालमा बनाइएको भन्ने प्रमाण कतै नभेटिएको गुठी संस्थानले जनाएको छ ।

    करिब एक सय वर्षअघि बनेको भवन विसं २०७२ वैशाख १२ गतेको भूकम्पअघि नै जीर्ण बनेको थियो । गुठी संस्थान केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय रहेको भवन भूकम्पपछि टेकोकाभरमा अड्याइएको थियो । महानगरपालिका पर्यटन तथा संस्कृति समितिका संयोजक एवं वडा नं ८ का वडाध्यक्ष आशामान सँगतले महानगरको ठूला योजनामध्येमा पर्ने गरी भद्रकाली मन्दिरको सत्तल पुनःनिर्माण गर्न लागिएको जानकारी दिनुभयो । सत्तल पुनःनिर्माण गर्न आवश्यक सामान व्यवस्थापनको काम गर्न पुरातत्व विभाग र गुठी संस्थानले गरिदिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    महानगरपालिका–११ का वडध्यक्ष हीरालाल तण्डुकारले अहिले जस्तो छ, सत्तल त्यही स्वरुपमा पुनःनिर्माण हुने बताउनुभयो । सम्पदा पुनःनिर्माणका क्रममा अवलोकन गरेर तत्कालीन समयमा जस्तो मिलेनमिलेको समयमै जानकारी गराउन उहाँले पुरातत्व विभागलाई आग्रह गर्नुभयो । महानगरपालिका–२२ का वडध्यक्ष चिनीकाजी महर्जनले भद्रकाली महादेवको तेस्रो आँखाको रुपमा उत्पत्ति भएको विश्वास गरिने उल्लेख गर्दै न्यूरोड क्षेत्रका पाँच सय परिवारले भद्रकाली मन्दिरको संस्कृतिलाई सुरक्षित गरिराखेको बताउनुभयो ।

    महानगरपालिका–२१ का वडध्यक्ष उदयचुडामणि बज्राचार्य, गुठी संस्थानका सहप्रशासक बैकुण्ठप्रसाद रेग्मी, स्थानीयका तर्फबाट पुनःनिर्माण समितिका संयोजक गौतम डङ्गोललगायतले भद्रकाली राजगुठी अन्तर्गतको मन्दिर भएको उल्लेख गर्दै आर्थिक अभाव भएकाले महानगरले पुनःनिर्माण गर्न लागेको बताउनुभएको थियो । महानगरका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले सत्तल पुनःनिर्माण सुरु गर्न समय लागेपनि सक्न समय लगाउन नहुनेमा जोड दिनुभएको थियो । जीर्ण भएर टेकोका भरमा अड्याइएको भवनका कारण भद्रकाली मन्दिरमा आउने दर्शनार्थीसमेत त्रसित हुने अवस्था थियो ।

    टेकोका भरमा राखिएको देख्दा मन्दिर वरपर बस्न असहज भएको दर्शनार्थीले गुनासो गर्ने गरेका थिए । संस्थानको अभिलेख, पुस्तकलायलगायत महत्वपूर्ण संरचना रहेको भवनमा अन्य सङ्घ संस्थाका साथै व्यापारिक कम्पनीसमेत भाडामा बसिरहेका छन् । पुनःनिर्माणका क्रममा ती संस्था एवं व्यापारिक कम्पनीलाई हटाउँदै जाने गुठी संस्थानले जनाएको छ । विसं २०३२ मा स्थापना भएदेखि गुठी संस्थानको अभिलेख कार्यालय भद्रकालीकै भवनमा राखिएको छ । यही कार्यालयले यो सत्तलको रेखदेख गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.