• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गण्डकी प्रदेशका एक सय ७८ खेलाडी पुरस्कृत

  •   शनिबार, असार ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    कास्की ।  गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रियस्तरका विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई आज नगदसहित पुरस्कृत गरिएको छ । प्रदेश खेलकुद परिषद्ले यहाँबाट सहभागिता जनाएर विभिन्न प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक तथा प्रथम, द्वितीय र तृतीय बनेका प्रदेशका एक सय ७८ खेलाडीलाई पुरस्कृत गरेको हो । चालु आर्थिक वर्षमा आयोजना गरिएको बागमती प्रदेशस्तरीय प्रतियोगिता, १४औँ राष्ट्रपति रनिङ शिल्ड र यु–१५ विद्यालयस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका विजेता खेलाडीले पुरस्कार पाएका हुन् ।

    खेलाडीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेश खेलकुद परिषद्का संरक्षक सुरेन्द्रराज पाण्डे, सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापा, प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङ, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव प्रकाश पौडेल र सदस्यसचिव श्रीधर शर्मालगायतले खेलाडीलाई पुरस्कार वितरण तथा सम्मान गर्नुभयो । पुरस्कृत हुने खेलाडीमध्ये ‘व्यक्तिगत इभेन्ट’तर्फ स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः नगद रु सात हजार, पाँच हजार र रु तीन हजारका दरले पुरस्कृत गरिएको हो ।

    यसैगरी ‘टिम गेम्स’तर्फका विजेता खेलाडीलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु दुई हजार प्रदान गरिएको थियो । त्यस अवसरमा मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार खेलकुद विकासका लागि लगानी बढाउन प्रतिबद्ध रहेको बताउनुभयो । “सीमित स्रोतसाधनको अधिकतम सदुपयोग गर्दै खेलकुदको जग बलियो बनाउन गण्डकी प्रदेश सरकार अघि बढेको छ, खेलकुदमा अधिकतम लगानी गर्दै खेलाडीलाई प्रोत्साहन गर्न हामी प्रतिबद्ध छौँ”, उहाँले भन्नुभयो,“खेलकुद क्षेत्रबाट अझै पनि जीविकोपार्जनका विषयमा थुप्रै प्रश्नहरू छन् ।

    खेलाडीले खेल खेलेर जीवन धान्ने अवस्था बनाउन सबैको प्रयत्न आवश्यक छ, यसमा प्रदेश सरकारले योगदान गर्छ ।” सामाजिक तथा स्वास्थ्यमन्त्री थापाले खेलकुदमा भविष्य छ भन्ने सुनिश्चित गर्न तीनै तहका सरकार खेलकुद विकासमा अघि बढेको बताउनुभयो । “खेलकुद अनुशासित क्षेत्र हो । यसले सौहार्दताका साथै राष्ट्रको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । मन्त्रालय खेलाडीहरूको मनोबल बढाउन र खेल क्षेत्रको विकासका लागि थप प्रतिबद्ध भएर लाग्नेछ”, उहाँले भन्नुभयो ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.