चितवन : भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका डाक्टर भोजराज अधिकारीले पदभारग्रहण गर्नुभएको छ । आज बुधवार पदभारग्रहण गर्दै अधिकारीले भरतपुर अस्पताललाई कलेजको रुपमा विस्तार गर्नका लागि पहल गर्ने बताउनुभएको छ । उहाँले संघिय अस्पतालको मापदण्ड अनुसार सेवा सुविधाहरु नभएको भन्दै त्यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।कार्यक्रममा बोल्दै आफ्नो पेशा चिकित्सा क्षेत्र नै भएकाले त्यसबाट बाहिर नजाने उहाँले बताउनुभयो । अस्पतालको विकासका लागि व्यवस्थापकीय र आवश्यक परेको खण्डमा चिकित्सकको भुमिका समेत निर्वाह गर्ने उहाँको भनाई थियो ।
यस्तै अधिकारीसंगै अस्पताल विकास समितिको सदस्यमा चयन हुनुभएका रमाकान्त सापकोटा, केशव देवकोटा र रमा घिमिरेले पनि पदभार ग्रहण गर्नुभएको छ ।








