• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

प्रचारप्रसार र पूर्वाधार विकास नहुँदा ‘सुतैया ताल’ ओझेलमा

  •   मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जानकी (बाँके)  ।  बाँकेको वैजनाथ गाउँपालिका–३ मा अवस्थित प्राकृतिक सौन्दर्यले भरिपूर्ण ‘सुतैया ताल’ ओझेलमा रहेको छ । बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले रमणीय र मनमोहक भए पनि आवश्यक प्रचारप्रसार तथा भौतिक पूर्वाधारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो छ । प्रायः हिउँदमा निकुञ्ज क्षेत्रमा वन्यजन्तुहरु यहाँ पानी पिउन आउने गरेका छन् । यसरी पानी पिउन आएका वन्यजन्तुलाई घरआँगनबाट नै हेर्न पाइने भएकाले सो समय अत्यन्त मनमोहक हुने स्थानीय बताउँछन् ।

    स्थानीय रामबहादुर थापाले निकुञ्जबाट ‘सुतैया ताल’मा पानी पिउन आउने वन्यजन्तु हेर्न पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल बढ्दै गए पनि प्रचारप्रसारको अभावमा सो सङ्ख्या उल्लेख्य रूपमा वृद्धि हुन नसकेको गुनासो गर्नुभयो । “यहाँ विभिन्न प्रजातिका वन्यजन्तु पानी पिउन आउँछन् । दुर्लभ वन्यजन्तुको यहाँ सहज रूपले आवतजावत हुन्छ”, उहाँले भन्नुभयो, “विशेष गरेर हिउँदका समयमा खडेरीले निकुञ्जमा डढेलो लाग्दा धेरै जनावर यहाँ पानी पिउन आउने गरेका छन्, यो दुर्लभ दृश्य हेर्न पर्यटकलाई आकर्षित गर्न जरूरी छ ।”

    बाँकेको कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा पर्ने रत्न राजमार्गको छेउमा अवस्थित यस ताललाई स्थानीय बासिन्दाले विगत एक दशकदेखि निरन्तर रूपले संरक्षण र सम्वर्द्धन गर्दै आइरहेका छन् । ‘देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह’ मार्फत स्थानीयले तालको संरक्षण, सम्वर्द्धन गर्दै आएका वन समूहका पूर्वध्यक्ष महेन्द्र थारुले बताउनुभयो । “विगत एक दशकदेखि स्थानीयले ताल संरक्षण गर्न सुरू गरेका हौँ, हाल यहाँ निकुञ्जका वन्यजन्तु पानी पिउन आउने गरेका देखेर हामी उत्साहित छौँ”, उहाँले भन्नुभयो,“ ताललाई वरिपरि घना जङ्गलले घेरेको हुनाले वन्यजन्तुका लागि पानी पिउन उपयुक्त स्थान बन्न पुगेकाले यहाँ विशेषगरी पाटेबाघ, चित्तल, बँदेललगायत वन्यजन्तु यहाँ आउने गर्दछन् ।”

    ताल संरक्षणसँगै आम्दानी बढाउने पर्यटकीय गतिविधि गर्न सकिने सम्भावना भए पनि स्थानीय उपभोक्तासँग लगानी गर्ने स्रोतसाधन अभावका कारण तालमा पर्यटकीय गतिविधि बढाउन नसकेको उहाँको भनाइ छ । “ताल अवलोकन गर्न आन्तरिक पर्यटक यहाँ पुग्ने गर्छन् तर यहाँ पर्यटकलाई बसाउने र खुवाउने पूर्वाधार बन्न सकेका छैनन् । त्यसैले संक्षरणका लागि राज्यले ध्यान नदिँदा पर्यटकीय सम्भावना हुँदाहुँदै पनि तालको सौन्दर्य नै ओझेलमा परिरहेको छ”, पूर्वअध्यक्ष थारू भन्नुहुन्छ ।

    यहाँ ताल संरक्षण र पर्यटन पूर्वाधार विकासका लागि तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्ने स्थानीयको माग छ । उक्त ताल बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले निकुञ्जको ऐन÷कानुन पनि पर्यटकीय पूर्वाधार निर्माणमा बाधक बनिरहेकोले कानुनी जटिलता हटार यहाँ पर्यटकीय पूर्वाधार निर्माणमा जोड दिनुपर्ने पश्चिम पर्यटन सरोकार समूहका संस्थापक अध्यक्ष रामबहादुर मल्लो धारणा छ । “सुतैया तालको सम्भावना पर्यटकीय क्षेत्रका लागि अत्यन्तै राम्रो छ तर यहाँ निकुञ्जको ऐन÷नियम बाधक छ”, उहाँले भन्नुभयो, “नेपाल सरकारले आवश्यक समन्वय गरी कानुनी गाँठा फुकाएर पूर्वाधार विकासमा जोड दिनसके तालले आन्तरिक पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा योगदान गर्ने सम्भावना छ ।”

    तालसँगै यहाँका स्थानीयलाई रोजगारसँग जोडेर होमस्टे, बोटिङ जस्ता पूर्वाधार सञ्चालन गरेर आन्तरिक पर्यटन प्रवद्र्धनका कार्यक्रम ल्याउन सकिने उहाँको भनाइ छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले विस्तृत परियोजना प्रतिवेदन ‘डिपिआर’ निर्माण गरेर ताललाई पर्यटनसँग जोड्ने कामको सुरुआत गरिएको बताउनुभयो । “हामीले तालको डिपिआर तयार गरिसकेका छाँै ।

    स्थानीय सरकारसँग सीमित बजेट हुने भएकाले चाहेर पनि धेरै काम गर्न नसकिने अवस्था छैन । त्यसैले सङ्घ र प्रदेश सरकारले बजेट विनियोजन गरेर पर्यटकीय क्षेत्रका रूपमा यसलाई विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो । यो ताल करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.