काठमाडौँ । नेपाली चलचित्रका निर्माता तथा निर्देशक अशोक शर्मालाई कोरोना संक्रमण भएको छ । शुक्रबार सामाजिक संजाल फेसबुकमार्फत कलाकार शर्माले नेपाल मेडिकल कलेजमा पिसिआर परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । उनले आफूलाई कुनै लक्षण नदेखिएता पनि कोरोना संक्रमण भएकोले आफ्नो सम्पर्कमा आएका सम्पूर्णलाई परिक्षण गर्न आग्रह गरेका छन् । ‘हिजो नेपाल मेडिकल कलेजमा पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट पोजेटिभ आएको हुनाले म संग सम्पर्कमा आएका परिवार का सदस्य, साथी भाई, इस्टमित्र, अफिसका स्टाफहरुलाई सतर्क र सुरक्षित रहन र लक्षण नदेखिए पनि परिक्षण गर्नु हुन अनुरोध छ किनकि मलाई पनि कुनै लक्षण नै थिएन दसैँ मानेर घर बाट फर्केपछि सतर्कता का लागि परिक्षण गराउदा पोजेटिभ देखिएको हो’ उनले लेखेका छन् ।








