• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

‘लकडाउन’को असर केरा खेतीमाः बिक्री नहुदा किसान मर्कामा

  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । देशव्यापी रूपमा गरिएको लकडाउनको असर चितवनको केराखेती तथा विक्रीमा पनि परेको छ । हाल केराको विक्री र उत्पादनको उपयुक्त सिजन हो । चितवनमा किसानको केरा विक्रीका लागि तयारी छ, कतिपय किसानको बारीमै केरा पाक्न थालेको छ । तर लकडाउनका कारण विक्री हुन सकेको छैन ।

    लकडाउनको अवधि लम्बिँदै जाँदा यसको असर केरा व्यवसायमा पनि परेको हो । उपभोक्ताको माग उच्च भए पनि थोक क्रेता एवं मण्डीवालाले केरा नलिँदा समस्या भएको सम्बद्ध किसानहरूले बताएका छन् । अघिल्ला वर्ष केरा विक्री गर्न भ्याइनभ्याइ हुने किसान अहिले फुर्सदिला बनेका छन् । चितवनका हरेक किसान केराको बजारीकरण कसरी गर्ने भन्ने विषयमा समेत चिन्ता थपिएको बताउँछन् । रत्ननगर नगरपालिका वडा नम्बर १३ का रामकुमार श्रेष्ठले केरा बारीमै पाके पनि विक्री हुन नसकेको गुनासो गरे ।

    ‘केराको बढी उत्पादन र विक्री हुने सिजन शुरू भए पनि लकडाउनले विक्री गर्न सकिएन,’ उनले भने, ‘काठमाडौंका व्यापारीले फोन पनि उठाउन छाडे, स्थानीय बजारमा पनि विक्री हुँदैन । रत्ननगर नगरपालिका वडा नम्बर १२ का किसान पुण्य देवकोटा सरकारले विक्री सहज नबनाउँदा बारीमै केरा कुहिएर जाने अवस्था आएको बताउँछन् ।

    ‘स्थानीय प्रशासनले पनि पास दिँदैन, हामी कसरी बजार पुग्ने रु’ उनले प्रश्न गरे । केरा लामो समयसम्म भण्डारण गर्न नसकिने हुँदा चिन्ता थपिएको उनको भनाइ छ । खैरहनी नगरपालिका वडा नम्बर ४ चैनपुरका किसान यज्ञ सुवेदीले केरा बेच्न सबै तयार हुँदा पनि विक्री नहुँदा लाखौंको नोक्सान हुने बताए । ढुवानी सहज नहुँदा र बाहिर निस्कन नपाउँदा बगैंचामा रहेका केरा कुन अवस्थामा छन् भन्ने समेत थाहा नभएको उनको भनाइ छ । अहिले पनि भारतबाट केरा भित्रिएको तर नेपाली केराले बजार नपाएको उनको गुनासो छ । संघका पूर्वअध्यक्ष सुवेदीले चितवनका ७० बिगाहामा केराखेती गर्दै आएका छन् ।

    संघका घननाथ महतो ‘केरा पाक्यो, व्यवस्थापन गरिदिनू’ भनेर दैनिक किसानको फोन आएको बताउँछन् । केरा विक्रीका लागि स्थानीय तह, प्रशासनसँग समन्वय गरे पनि अर्डर नै नआउँदा किसान आत्तिन लागेको उनको भनाइ छ । ‘उपभोक्ताले खान पाएका छैनन्, उनले भने, ‘तर क्रेताले किन्न मानेका छैनन् ।’ विक्री नहुने भन्ने डरले विक्रेताले समेत जोखिम लिन नसकेको उनले बताए । यसका लागि सरकार, प्रशासन तथा व्यापारीले वैकल्पिक उपाय निकाल्नुपर्ने उनको धारणा छ । संघको तथ्यांक अनुसार जिल्लामा ३ तीन हजार बिगाघाभन्दा बढीमा केराखेती हँुदै आएको छ । संघमा मात्रै ७०० कृषक आबद्ध छन् । यहाँबाट गतवर्ष मात्रै डेढ अर्ब रुपैयाँबराबरको केरा निकासी भएको थियो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.