काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ८२४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ६२० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ३४ हजार ८४२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा संक्रमणबाट थप २३ जनाको मृत्यु भएको । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ६० पुगेको छ । आज देशभर ३७ हजार ७६५ जना सक्रिय संक्रमित छन् । क्वारेन्टिनमा रहनेको संख्या २ हजार ३८६ रहेको छ । आज पिसिआर विधिबाट १३ हजार २३ जनाको परिक्षण गरिएको छ ।








