• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

सडक निर्माणमा ढिलाइ

  •   आइतबार, भदौ १६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    राँझा (बाँके) ।  बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ । निर्माण समयावधि सकिँदा सडक निर्माणको काम भने २० प्रतिशतमात्र भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने परसपुर–गौघाट सडक हाल खाल्डाखुल्डी भएका कारण पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का स्थानीय अगुवा भीम ओलीले बताउनुभयो ।

    “सडकभरि खाल्डाखुल्डी भएका कारण वर्षाको पानी भरिएर सडक ठाउँठाउँमा पोखरीजस्तै भएको छ”, उहाँले भन्नुभयो, “हिउँदमा धुलाम्मे र वर्षायामभरि हिलाम्मे भएर आवतजावत गर्नुपर्ने बाध्यता रहेको छ ।” गौघाट–परसपुर सडकखण्ड दैनिक मानिसको आवातजावत गर्ने चाप भएको सडकमा पर्छ । जुन सडकले बर्दियाको बढैयाताल गाउँपालिकालाई समेत जोड्ने गरेको छ । गौघाट–परसपुर सडकखण्डको स्तरोन्नति हुन नसकेको दशक पुग्न लागिसकेको छ । पुरानो सडक बिग्रिएपछि नयाँ सडक बनाउने काम वर्षौँदेखि अलपत्र परेपछि स्थानीयले आवतजावतमा सास्ती भोग्नुपरेको खजुरा गाउँपालिका–२ केगाउँ निवासी गेहेन्द्र धितालले बताउनुभयो ।

    “सम्झौता अवधि सकिन लाग्दा २० प्रतिशतमात्र काम भएको छ । यस्तो गतिमा कहिले सडक बन्ला भन्ने चिन्तामा छाँै”, धितालले भन्नुभयो, “चुनावका बेला समयमा सडक बनाउने प्रतिबद्धता गरेका उम्मेदवार पनि अहिले चुनाव जितेपछि फर्केर आएका छैनन् ।” खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले परसपुर–गौघाट सडक नबन्दा दुःख पाएका जनताले दैनिक रूपमा आफूहरूसँग गुनासो सुनाउने गरेको बताउनुभयो । उहाँले उक्त सडक निर्माणका लागि दबाब दिन डिभिजन सडक कार्यालय नेपालगञ्जमा पुगेर समेत माग गरिएको उल्लेख गर्नुभयो ।

    सङ्घीय सरकारको लगानीमा बन्न लागेको नेपालगञ्जको परसपुरबाट खजुरा गाउँपालिकाको गौघाटसम्म १४ किलोमिटर सडक कालोपत्र गर्नका लागि कन्काई–गणपति जेभीले ठेक्का पाएको थियो । करिब रु १४ करोडमा जेभीले सडक निर्माणको ठेक्का पाए पनि निर्माणकार्य भने सुरुआतदेखि नै ढिलाइ हुँदै आएको थियो । विसं २०७४ मा सडकको कालोपत्र निकालेर नयाँ कालोपत्र गर्ने योजना अगाडि सारिएको थियो । तर हालसम्म पनि उक्त सडकको स्तरवृद्धि हुनसकेको छैन । सडकको केही भागमा नालाको काम र माटो पटानभन्दा अरु केही प्रगति हुनसकेको छैन ।

    हाल उक्त योजनाको निर्माण प्रगति २० प्रतिशतमात्र रहेको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर अमिर सुवेदीले बताउनुभयो । निर्माणकार्यको गतिलाई बढाउन ठेकेदार कम्पनीलाई पटक–पटक ताकेता गरे पनि सम्पर्कमा नआउने गरेको इन्जिनियर सुवेदीको भनाइ छ । सम्झौताअनुसार निर्माण कम्पनीले २०७९ वैशाखदेखि निर्माणकार्य सुरु गरेर २०८१ भदौ २५ सम्म योजना सम्पन्न गर्नुपर्ने शर्त रहेको छ ।

    कम्पनीका प्रमुख तुलसीराम भण्डारी भदौ २५ गतेसम्म निर्माण सम्पन्न हुन नसक्ने बताउनुभयो । अहिले वर्षात्को समय भएकाले कालोपत्र गर्न नसकिने भन्दै केही समय माग गर्ने भण्डारीले बताउनुभएको छ । परसपुर–गौघाट सडक निर्माणमा करिब आठ महिना अझै समय लाग्ने भएकाले सरकारसँग समय माग गर्ने उहाँको भनाइ छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.