हेटौंडा । हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । गएको कार्तिक ११ गते कोरोना संक्रमण भएपछी होम आइसोलेसनमा बसेका थिए । प्रदेश प्रमुख प्रसाई एक साता दिनमानै कोरोना संक्रमण मुक्त भएका हुन् । कोरोना संक्रमणको समयमा सामान्य रुघा, खोकी, जिउ दुख्ने समस्या भएपनि अहिले भने त्यस्तो समस्या नभएको उनले बताए । कोरोना संक्रमण भएका उनका छोरा बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईको भने स्वाब परिक्षण गर्न बाँकी छ । उनीपनि प्रदेश प्रमुखसंगै कोरोना संक्रमित भएर होम आइसोलेसनमै रहदै आएका छन् । दुबै जनालाई कोरोनाको लक्षण देखिएपछी गृह जिल्ला झापामा जाँचको क्रममा कोरोना संक्रमण पुष्टि भएको थियो । दुबै जना बाबु छोरा दशै मान्नका लागि गृह नगर झापा गएको समयमा कोरोना पुष्टि भएको थियो।








