गोरखा । गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनकी पत्नीको पनि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । सोमबार भट्टराईको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । केही दिनअघि रुघाखोकी र टाउको दुख्ने लक्षण देखिएपछि परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो ।








