• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर अस्पतालको सामाजिक सेवा एकाइ देशकै उत्कृष्ट

  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर ।  चितवनस्थित भरतपुर अस्पतालमा रहेको सामाजिक सेवा एकाइबाट प्रत्येक वर्ष ११ हजार बढीले निःशुल्क सेवा लिने गरेका छन् । पछिल्लो तीन वर्षमा यसरी सेवा लिने गरिब तथा विपन्न नागरिकको सङ्ख्या ३२ हजार दुई सय ८९ पुगेको छ । अस्पतालको सामाजिक सेवा एकाइका प्रमुख रामहरी ढकालले आर्थिक वर्ष २०८०/८१ मा एकाइमार्फत ११ हजार चार सय १३ जनाले रु चार करोड ७४ लाख ९० हजार पाँच सय ६४ बराबरको सेवा लिएको जानकारी दिनुभयो ।

    यहाँ २०७० सालदेखि सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालन भएको थियो । त्यसयता उपचार गर्न आउने बिरामीले पूर्ण तथा आंशिक छुट पाउँदै आएका छन् । “यहाँबाट गरिब, असहाय, अपाङ्गता भएका, ज्येष्ठ नागरिक, विपन्न, सीमान्तकृत लोपोन्मुख आदिवासी जनजातिलगायत बिरामीलाई पूर्ण र आंशिक छुट दिने गरिन्छ”, एकाइ प्रमख ढकालले भन्नुभयो, “भरतपुर अस्पतालमा आएका बिरामी आर्थिक अभावका कारण उपचार नगरी फकर्नु पर्दैन ।” गत आर्थिक वर्ष एउटै बिरामीले रु आठ लाखसम्मको सेवा सुविधा पाएको उहाँले बताउनुभयो । “सेवा सुविधा पाउनेमा कर्णाली प्रदेशका हुम्ला, मुगुलगायत जिल्लासम्मका नागरिक छन् ।

    औसतमा एकजना बिरामीले रु चार हजार एक सय ६१ छुट पाएका छन्”, उहाँले बताउनुभयो, “भरतपुर अस्पताल केन्द्रीय अस्पताल पनि हो । बिरामीलाई सम्बन्धित निकायको सिफारिसका आधारमा अस्पतालबाट हुने छुट प्रदान गरिरहेका छौँँ ।” भरतपुर अस्पतालले बाढीपहिरो, आगलागी र दुर्घटनाका बिरामीलाई २४ घण्टासम्म निःशुल्क उपचार गर्ने गरेको छ । यस अवधिमा शल्यक्रिया गर्नुपरे पनि पूर्ण रूपमा छुट दिने गरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गत आर्थिक वर्ष दुई हजार १३ जनाले निःशुल्क आकस्मिक सेवा लिएका थिए, जसमा रु ८१ लाख ४२ हजार एक सय आठ खर्च भएको थियो । सरकारले यस असस्पताललाई विपन्न नागरिकको उपचारका लागि वार्षिक रु एक करोड ५० लाख दिने गरेको छ । सो रकमले नपुगेर बाँकी रकम अस्पताल विकास समितिले व्यहोर्ने गरेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

    पछिल्लो तीन वर्षमा विपन्न नागरिकको उपचारका लागि अस्पताल विकास समितिले रु सात करोड २६ लाख खर्च गरिसकेको उहाँले जानकारी दिनुभयो । यसरी सेवा प्रवाह गरेको भरतपुर अस्पताल नेपाल सरकारको सङ्घीय अस्पतालमध्ये प्रथमसमेत भएको छ । न्यूनतम सेवा मापदण्डमा शतप्रतिशत अङ्क प्राप्त गरेको भन्दै स्वास्थ्य मन्त्रालयले यस अस्पताललाई सम्मान गरेको थियो । रासस

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.