विश्व स्वास्थ संगठनका महानिर्देशक टेड्रोस अथानोम घेब्रेसस कोभिड–१९ बाट संक्रमित भएका छन्। उनी हाल आइसोलेसन (एकान्तवास)मा रहेका छन्। आइतबार ट्विटमा उनले लेखेका छन्, ‘ममा कुनै लक्षण छैनन् र ठीक छु। विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार म केही दिन सेल्फ क्वारेन्टिन (आफैं एकान्तवास)मा रहनेछु र घरबाटै काम गर्नेछु।’युरोपका बिभिन्न देशमा कोरोना भाइरस पुनः फैलिरहेको बेला स्वीटजरल्यान्डको जेनेभामा रहेका घेब्रेससलाई संक्रमण भएको हो। महामारीविरुद्धको लडाइँमा संयुक्त राष्ट्र संघीय निकाय प्रमुखको हैसियतमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। घेब्रेससले भनेका छन्, ‘हामी सबैले स्वास्थ्य मापदण्ड पालन गर्नुपर्छ। त्यसो गरे मात्र कोभिड–१९ प्रसारको श्रृंखला तोड्न सकिन्छ, भाइरसलाई निस्तेज पार्न र स्वास्थ्य प्रणालीलाई जोगाउन सकिन्छ।’








