• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि, ट्रफी सार्वजनिक

  •   आइतबार, भदौ २३, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । गोल्डेन ईमिनेन्ट दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि हुने भएको छ । आयोजक भरतपुर फुटबल क्लब (बिएफसी) ले आईतबार आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगिता बारे औपचारिक जानकारी दिएको हो ।

    नेपाल प्रहरी शिक्षालय भरतपुर तालिमकेन्द्रको मैदानमा हुने प्रतियोगिता असोज १२ गतेसम्म चल्नेछ । प्रतियोगितामा ए डिभिजन, नेपाल सुपर लिग र मोफसल उत्कृष्ट क्लब गरी १० टोली सहभागी हुनेछन् । प्रतियोगितामा आयोजक बिएफसी, सूर्यपुर एफसी, नेपाल पुलिस क्लब काठमाडौं, बुटवल लुम्बिनी एफसी, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाईटेड, सल्हेस एफसी सिराहा, न्यु स्टार सुनसरी र राइजिङ स्टार भुमही सहभागी हुनेछन् । थप एक टिमको कागजी प्रक्रिया पुरा हुन बाँकी रहेको संयोजक धुर्व भुसालले जानकारी दिए ।

    प्रतियोगिताको उद्घाटन खेलमा असोज सूर्यपुर एफसी र बागमती युवा क्लब भिड्नेछन् । उद्घाटन खेल दिउँसो ३ बजे हुनेछ । त्यस अघि एक भव्य कार्यक्रमकाबीच प्रतियोगिताको उद्घाटन गरिने भुसालले बताए । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

    करिब ४० हजार दर्शकले प्रत्यक्ष रुपमा प्रतियोगिताको खेलहरु अवलोकन गर्ने आयोजकको अनुमान छ । दर्शकका लागि पहिलो चरणमा ५०, क्वाटरफाइनल र सेमिफाइनलमा एक सय तथा फाइनलमा दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको संयोजक भुसालले जानकारी दिए । प्रतियोगिताको तयारी तीव्र रुपमा अघि बढेको उनले बताए ।

    प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन ईमिनेन्ट ईन्टरनेशनल तथा सह प्रायोजकमा हानामी ईन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक संस्था हुन् ।

    पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले चितवनमा समय फुटबल गतिविधि बढ्नुको साथै खेलाडीहरुको समेत स्तरवृद्धि भइरहेको भन्दै यस किसिमका ठूला प्रतियोगिता चितवनमा हुन आवश्यक रहेको बताए ।

    प्रतियोगिताको मुख्य प्रायोजक गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले चितवनको फुटबल लगायत खेलकुद प्रतियोगितामा सदैव सहयोग गर्दै आइरहेको भन्दै आगामि दिनमा पनि फुटबलको विकासका लागि सहकार्य गर्न तयार रहेको बताए । सो क्रममा बोल्दै प्रतियोगिताको टिकेटिङ पार्टनर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेस चितवनका बिजनेश डेभलपमेन्ट म्यानेजर विनोदबाबु रिजालले चितवनले गौरव गर्न लायक फुटबल प्रतियोगितामा सहकार्य गर्न पाउँदा खुशी व्यक्त गरे ।

    यसैबीच सोही पत्रकार सम्मेलनमा प्रतियोगिताका विजेताले पाउने ट्रफी समेत अनावरण गरिएको छ । चितवन गोल्ड कपको पहिलो संस्करण २०७९ भदौ २५ देखि असोज ३ गतेसम्म सञ्चालन । पहिलो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.