• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ६. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भाषा संरक्षणमा जुट्यो गुरुङ समुदाय

  •   सोमबार, भदौ २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवनका गुरुङ समुदाय भाषा संरक्षणमा जुटेका छन् । विभिन्न समयमा भाषा कक्षा सञ्चालन गरिरहेको गुरुङ समुदायको साझा संस्था तमू ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद्ले गुरुङ भाषा पाठ्यपुस्तक निर्माण गर्ने भएको हो । जिल्लामा बसोबास गर्दै आएका गुरुङ समुदायमा मातृभाषा लोप हुँदै गएपछि संरक्षण गर्ने उद्देश्यले पाठ्यपुस्तक तयार गरी भाषाको कक्षा सञ्चालन गर्ने तयारी गरिएको परिषद्की अध्यक्ष विमलादेवी गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत वर्ष पनि १५ दिनको भाषा कक्षा सञ्चालन गरेका थियौँ, त्यसलाई निरन्तरता दिने उद्देश्यले यस वर्ष पाठ्यपुस्तक प्रकाशन गरी कक्षा सञ्चालनको तयारी गरिरहेका छौँ ।”

    राष्ट्रिय जनगणना–२०७८ अनुसार चितवनमा गुरुङ समुदायको कुल जनसङ्ख्या ४९ हजार आठ सय २७ छ । “कुल जनसङ्ख्याको कति प्रतिशतले भाषा बोल्छन् भन्ने यकिन छैन, यहाँ पछिल्लो समय भाषाको ज्ञान हराउँदै गएको हुँदा भावी पुस्तासम्म पु¥याउन पनि तालिम आवश्यक छ”, अध्यक्ष गुरुङले भन्नुभयो । तमू भाषा कक्षा सञ्चालन कार्यक्रमका संयोजक एवं ह्युल छोंज धीँका वरिष्ठ उपाध्यक्ष कृष्णबहादुर गुरुङका अनुसार गत वर्ष भरतपुरमा मात्रै भाषा कक्षा सञ्चालन गरिएको थियो । यस वर्ष भरतपुरसहित रत्ननगर र इच्छाकामनामा पनि कक्षा सञ्चालन गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो ।

    गुरुङले भन्नुभयो, “कम्तीमा तालिम लिन चाहनेलाई सहज होस् भन्ने उद्देश्यका साथ यस वर्ष आधारभूत ज्ञानसहितको पाठ्यपुस्तक तयार गरिरहेका छौँ, छापाको काम भइरहेको छ ।” पुस्तक छापिएपछि तत्काल कक्षा सञ्चालन गरिने उहाँले बताउनुभयो । पुस्तक प्रकाशन समिति सदस्य किशोर गुरुङले छपाइ अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । कम्तीमा आधारभूत तहको पुस्तक भए पनि जिल्लाबाट प्रकाशन गर्दा यसले आगामी दिनमा पनि भाषा संरक्षण र प्रवर्द्धनमा टेवा उहाँले बताउनुभयो ।

    उहाँले भन्नुभयो, “तमू ह्युल छोंज धीँले गर्नैपर्ने एउटा महत्वपूर्ण काम हामीले गर्न खोजिरहेका छौँ, हाम्रो पुस्ताले थोरै मिहिनेत गरे नयाँ पुस्तालाई सहज हुने भएकाले यसपटक हामीले पाठ्पुस्तक तयार गरेका हौँ ।” प्रकाशन समिति सदस्य गुरुङका अनुसार गुरुङ भाषाको आफ्नै खेमा लिपि भए पनि नेपाली अक्षरबाट भाषा कक्षा सञ्चालन गरिने छ । “करिब लोप हुने अवस्थामा रहेको खेमा लिपिका लागि भाषा जानेको व्यक्तिले पनि सिक्नुपर्ने देखिन्छ”, उहाँले भन्नुभयोे, “खेमा लिपि सिकाउने पनि योजनाभित्र छ, सहज छैन, त्यसकारण नेपाली अक्षरबाट पाठ्यपुस्तक निर्माण गरी कक्षा सञ्चालन गर्नेछौँ ।”

    भूगोलका हिसाबले चितवनका रैथाने गुरुङहरु भाषामा कमजोर छन् । बाहिरी जिल्लाबाट आएर बसेकाहरुले पनि बिर्सँदै गएपछि भाषा हराउने जोखिम बढ्दै गएको उहाँको भनाइ छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ६.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.