• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

मनोरोगीको संख्या बढ्दै : चितवन मेडिकल कलेजमा एक बर्षमा मात्रै १७ हजार बिरामीको उपचार

  •   मङ्गलबार, भदौ २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा वर्षेनी १७ हजार मनोरोगका बिरामीको उपचार हुँदै आएको छ । अस्पतालमा गत आर्थिक वर्षमा १६ हजार ८३४ जना मनोरोगका बिरामीको उपचार भएको हो । विश्व आत्महत्या रोकथाम दिवसको अवसर पारेर अस्पतालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटाले दैनिक सरदर ८५ जना बिरामी आउने गरेको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा मात्रै १७ हजार ८३४ जनाको उपचार भएको र जसमध्ये ५०९ जना भर्ना भएरै सेवा लिएका थिए ।

    हालसम्म एक लाख ५० हजार बिरामीले अस्पतालबाट सेवा लिएका छन् । अस्पताला आउने मनोरोगका बिरामी मध्ये ५५ प्रतिशत महिला र ४५ प्रतिशत पुरुष रहेका छन् । उपत्यका बाहिर सबैभन्दा धेरै मनोरोगका बिरामीको उपचार गर्दै आइरहेको देवकोटाको भनाई छ । पत्रकार सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै मनोरोग विशेषज्ञ डा.खगेन्द्र काफ्लेले आत्महत्याको मुख्य कारण नै मानसिक रोग भएको बताउनुभयो । उहाँले नेपाल प्रहरीको तथ्यांकलाई उधृत गर्दै आर्थिक वर्ष २०८०/८१ मा नेपालमा ७ हजार २२३ जनाले आत्महत्या गरेको जानकारी दिनुभयो ।

    कोभिड–१९ को समयमा धेरै नेपालीलाई मनोरोग भएको उहाँको भनाई छ । २०७९/८० मा नेपालमा ६ हजार ९९३ जना आत्महत्या गरेका थिए । सिएमसीले २०६४ भदौदेखि नै मनोरोगको उपचार सुरु गरेको थियो । सुरुमा आकस्मिक कक्षमा दुई वटा शैयाबाट सुरु गरिएको यो सेवा अहिले ३० शैयाको बनेको छ । विशेषज्ञ चिकित्सक, आधुनिक उपकरणसहितको उपचारको सफलताको दर उच्च रहेकै कारण अस्पतालमा मनोरोगको उपचार गर्न आउनेको संख्या दिनानुदिन बढ्दै गएको उहाँको भनाई छ ।

    अस्पतालमा औषधिको प्रयोगसँगै विद्युतीय उपचार (इ.सिटी), परामर्श, साइकोथेरापी विधिको प्रयोग गरेर उपचार गर्ने गरिएको छ भने त्यसका अलवा बिरामीलाई मनोरञ्जनात्मक (नाँचगान) आध्यात्मिक, योग समेत गराएर उपचार गर्ने गरिएको देवकोटाले जानकारी दिनुभयो । कार्यक्रममा मनोरोग विशेषज्ञ प्रा.डा.सिपी सेढाई र डा.शैलेन्द्रराज अधिकारीले मनोरोगका लक्षण, प्रकार र उपचार प्रक्रियाका बारेमा जानकारी दिनुभएको थियो । उहाँहरुले समयमा नै मनोरोग पत्ता लगाएर उपचार गरेमा निको हुने बताउनुभयो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.