काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ९३३ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार १ सय ५० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ३७ हजार ९९२ जना संक्रमणमुक्त भएका छन् ।








