• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नेपाल चिनाउने भुवनसिंह पर्यावरण संरक्षणमा

  •   आइतबार, भदौ ३०, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    बागलुङ । उमेरले ७३ वर्ष पुग्नुभएको भुवनसिंह विश्वकर्माको जोश र जागर कुनै युवाको भन्दा कम छैन । विसं २०४३ मा पहिलो नेपालीको रुपमा अन्टार्कटिका पुग्नुभएका विश्वकर्माको जीवनी धेरैलाई अनौठो लाग्न सक्छ । मानवरहित अन्टार्कटिकामा विश्वकर्मा कसरी पुग्नुभयो भन्ने धेरैको जिज्ञासा छ ।

    विसं २००९ मा बागलुङ नगरपालिका–१४ नारायणस्थानमा जन्मनुभएका विश्वकर्मा सन् १९८६ मा पृथ्वीको दक्षिणी ध्रुव अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुनुहुन्छ । उहाँ भारतीय सेनामा कार्यरत हँुदा भारतीय सेनाको अनुसन्धान टोलीका साथ प्राविधकका रुपमा त्यहाँ पुग्नुभएको थियो । पर्यावरण संरक्षण र फोहर व्यवस्थापनमा प्रविधिक समूहमा रहेर अन्टार्कटिका पुग्नुभएका विश्वकर्मा गाउँको शिक्षा क्षेत्रलाई उकास्ने योजनामा हुनुहुन्छ ।
    “अन्टार्कटिका पुग्ने काम चानचुने थिएन, मेरो स्वयंसेवी मन भारतीय सेनाले पूरा ग¥यो, भारतीय सेनामा कार्यरत रहँदा भारतले वैज्ञानिक अध्ययन तथा अवलोकनका लागि र त्यहाँको बसाइ व्यवस्थापनका लागि भारतीय सेनालाई समेत अन्टार्कटिका लैजाने गर्दथ्यो”, विश्वकर्माले ३८ वर्ष अघिको कुरा सम्झँदै भन्नुभयो, “मेरो शारीरिक अवस्था, स्वास्थ्य सबै हेर्दा मलाई भारतीय सेनाले अन्टार्कटिका लैजाने भयो, मलाई आर्थिक उपार्जनभन्दा अन्टार्कटिका देख्ने र बुझ्ने रहर थियो, भारतको गोवाबाट २२ दिनको यात्रामा अन्टार्कटिका पुगियो, पहिलो पटक अन्टार्कटिका पुग्दा बागलुङ नारायणस्थानको माटो नेपाली झण्डा अन्टार्कटिकामा पु¥याए ।”
    भारतीय सेना हुँदै अन्टार्कटिकाको यात्रा
    बागलुङका भुवनसिंह विश्वकर्मा अहिले बुटवल उपमहानगरपालिका–११ मा बस्दै आउनुभएको छ । उहाँको नाममा उपहानगरपालिकाले भुुवनसिंह मार्ग भनेर सडकको नामकरणसमेत गरिसकेको छ । प्रसिद्ध प्रवल गोर्खा दक्षिण बाहु दोस्रोबाट सम्मानित र गिनिजबुकमा नाम लेखाउन सफल विश्वकर्मा बागलुङ मात्रै नभइ सिङ्गो नेपालको नाम चिनाउन सफल हुनुभएको छ । हिउँ नै हिउँले भरिएको मानवरहित महादेश अन्टार्कटिका पुग्ने भुवसिंह विश्वकर्मा अहिले नेपालभर पर्यावरणको सचेतना जगाउँदै सम्मान थाप्न व्यस्त हुनुहुन्छ ।
    उहाँले हिउँमा फोहर व्यवस्थापनको काममा दख्खल रहेको बताउँदै अन्टार्कटिकामा कुनै फोहर गर्न नपाइने भन्दै मानव दिसालाई समेत खरानी बनाएर फर्किनुपर्ने बताउनुभयो । “अन्टार्कटिकामा कुनै फोहर गर्न पाइँदैन, मानव दिसा त्यहाँ चिसोका कारण जस्ताको तस्तै हुन्छ, भान्साबाट निस्कने फोहरलाई प्रशोधन गर्ने र जलाएर खरानी बनाएर भारत नै फर्काउने गरिन्थ्यो”, उहाँले भन्नुभयो, “नेपालको सगरमाथा बेसक्याम्पदेखि चुचुरोसम्म फोहरैफोहोर छ भन्ने सुन्छु, त्यही अन्टार्कटिकाको विधिले फोहरमुक्त बनाउन सकिन्छ, विशेषगरी मानव शरीरबाट निस्किएको दिसा माइनस तापक्रममा जस्ताको त्यस्तै रहने भएकाले त्यसलाई प्रविधिको माध्यमबाट जलाएर आफैसँग राखेर ल्याउन सकिन्छ ।”
    भारतको गोवाबाट २२ दिनको लामो समुद्री यात्रामा अन्टार्कटिका पुगिने गरेको उहाँको भनाइ छ । अन्टार्कटिकामा छ महिना उज्यालो र छ महिना अध्यारो हुने गर्दछ । नेपालको नाम विश्वभर चिनाएको भन्दै सिन्धुलीदेखि कैलाली र झापासम्म सम्मान पाएको विश्वकर्माको भनाइ छ । बागलुङ नगरपालिकाले समेत यही भदौं १८ गते रु २५ हजारसहित सम्मान गरेको उहाँले बताउनुभयो । गृह नगरपालिकाले सम्मान गर्दा आफूलाई प्रसिद्ध प्रवल गोर्खा दक्षिण बाहु दोस्रोभन्दा ठूलो सम्मान मिलेको बताउनुभयो ।
    अहिले विद्यालयमा पर्यावरणसम्बन्धी सचेतना पु¥याउने कार्यमा उहाँ लाग्नुभएको छ । “हाम्रो सगरमाथाको वेसक्याम्पदेखि चुचुरोसम्म थुप्रै फोहर छ, सगरमाथा यात्रीको दिसा जस्ताको त्यस्तै छ, त्यसलाई जलाएर आफैले फर्काउने व्यवस्थापन मिलाउन आवश्यक छ”, विश्वकर्माले भन्नुभयो ।
    अहिले उहाँकै नाममा बुटवल र हेटौँडामा भुवनसिंह मार्गका नाममा सडकको नामकरण गरिएको छ । उहाँले आफू जन्मेको गाउँ शिक्षामा पछि रहेको भन्दै आफ्ना छोराबुहारीको सहयोगमा एउटा शैक्षिक कोष स्थापान गरेर शिक्षामा सघाउने उद्देश्य रहेको बताउनुभयो । अन्टार्कटिकामा जाडोयाममा माइनस ८९ डिग्री र गर्मीमा माइनस २९ डिग्री सेल्सियस तापक्रम हुने भएकाले त्यहाँको बसाइ अत्यन्त्रै चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । प्रतिघण्टा दुई सय किलोमिटरको रफ्तारमा आँधी र हुरी चल्ने उक्त क्षेत्रमा हिउँमा बस्ने प्राणी पेइन्गुन र ह्वेल माछाबाहेक अरु कुनै जीवित प्राणी भेट्न नसकिने उहाँको भनाइ छ ।
    विभिन्न विकसित मुलुकहरुले वैज्ञानिक खोज र अनुसन्धानका लागि त्यहाँ आफ्नो टोली पठाउने गर्छ । त्यहाँ पुग्नु आफैमा अत्यन्तै जोखिम र साहसिक कदम मानिन्छ । भारतीय बङ्गाल इञ्जियनिरिङ ग्रुप रुड्कीबाट छनोट भई अन्ट्रार्कटिका गएको उहाँको भनाइ थियो ।
    “अन्टार्कटिकाका लागि शारीरिक रुपमा तन्दरुस्त, निरोगी र जस्तोसुकै परिस्थितिमा पनि सहजताका साथ अघि बढ्नसक्ने योग्य व्यक्तिलाई मात्र छनोट गरिन्थ्यो”, विश्वकर्माले भन्नुभयो, “सबै मापदण्ड र विशेषताले निपूर्ण भएपछि मात्रै त्यहाँ जानका लागि छनोटमा परिन्छ, मलाई त्यहाँ नपुग्दासम्म आफू पहिलो नेपाली भन्ने थाहै थिएन, अहिले त अन्य नेपालीसमेत पुगिसक्नुभएको छ ।”

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.