• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

माछापालकको चिन्ता माछा मर्ने भए

  •   बिहिबार, चैत २०, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । लकडाउन लम्बिएसंँगै देशका हरेक क्षेत्रमा यसले थप असर र क्षति पुर्याउंँदै गएको छ । देशको आर्थिक गतिविधि प्रायः ठप्प छ । भएका उत्पादनहरू पनि उपभोक्ता, क्रेतासमक्ष नपुग्दा खेर जाने अवस्था त छँदै छ । उत्पादनमा समेत भारी गिरावट आएको छ । यसको प्रत्यक्ष असर कृषि तथा पशुपालक किसानमा परेको छ ।

    चितवनका केरा किसान, दुग्ध उत्पादक, मौरीपालक, तरकारी उत्पादक, माछापालक, पोल्ट्री किसानहरूलाई लकडाउनले झनै पिरोल्न थालेको छ । जसका कारण चितवनका कतिपय किसानले दूध खेर फाल्नुपरेको अवस्था छ । कतिपय किसानले लगाएका तरकारी सित्तैमा बाँड्न थालेका छन् । उपभोक्ताको माग भए पनि उनीहरूसमक्ष पुर्याउन नसक्दा यस्तो अवस्था आएको हो । किसानका बारीमा केरा पहेंलै हुन थालेका छन् । पोल्ट्री क्षेत्रका किसानले दानाको अभाव झेलिरहेका छन् । त्योभन्दा बढी क्षति त उत्पादन भएर पनि बिक्री नहुनु झन् दुखद बनेको छ । एकातिर उत्पादित वस्तु खेर जानु अर्कोतर्फ उपभोक्तासामु पुग्न नसक्नु । यस्तै पीडा माछापालक किसानको छ । पोखरीमा पानीको मात्रा, अक्सिजनको मात्रा र प्रशस्त दाना र पोषण नपाउंँदा माछा उत्पादनमा पनि गिरावट आउने किसानहरूको अनुमान छ ।

    रत्न नगरनगरपालिका ९ का भरत महतो आफ्नो ५० बिघामा पालन गरेको माछाको अवस्था हरेर टोलाउँछन् । माछाका लागि दाना नहुंँदा समस्या भएको उनी बताउँछन् । “मैले एउटा पोखरीमा दैनिक ५० केजी भुरा हाल्थें, अहिले १० केजी दाना हालेर बचाएको छु,” उनले सुनाए । लकडाउनअघि माछाको बिक्री राम्रै भए पनि अहिले ठप्प रहेको उनले बताए । “एकातिर तयारी माछा बिक्री हुँदैन अर्कोतिर दाना पाइएको छैन,” उनको दुखेसो छ, “कोरानाबाट हामी त बाँचौंला, माछा मर्ने भए ।”

    माछाका आहारा पोषण, औषधि सबै भारतबाट आउने भएका कारण अधिकांश किसानको केही दिनलाई पुग्ने दाना, आहारा पनि छैन । नेपाल मत्स्य व्यवसायी संघ, चितवनका खगेन्द्र सुवेदी आफू घरबाट बाहिर निस्कन नपाउंँदा पोखरीमा माछाको अवस्था के छ भन्ने पनि थाहा नपाएको बताउँछन् । “एक साताअघि दाना छाडेर त आएको हो, हेरालुले के गरेको छ पत्तो छैन,” उनले सुनाए । उनका अनुसार यो सिजन माछाका लागि वृद्धिदर उकासिने समय हो भने, तयारी माछा निकाल्ने समय पनि । अधिकांश माछा निकाल्ने मजदुरहरू घर गइसकेकाले निकाल्न पनि नपाएको उनको भनाइ छ । प्रशासनले किसानलाई फार्म, खेतमा जानसमेत पास सहज नगर्दा र ढुवानीमा समेत अवरोध गर्दा यस्तो समस्या भएको किसानको गुनासो छ ।

    संघका केन्द्रीय अध्यक्ष अम्बिकाप्रसाद अधिकारी सरकारले कृषक र व्यवसायीको लागि विकल्प नसोची एक्कासि लकडाउन गर्दा स्थिति भयावह हुने तर्क राख्छन् । “माछा केही दिनका लागि दाना नभई पनि बाँच्न सक्छ,” उनले भने, “तर उत्पादनमा भने भारी गिरावट आइसक्यो । देशभर ६० प्रतिशत हिस्सा नेपाली माछाकै उत्पादनको थियो उनले भने, २५ प्रतिशत गिरावट आइसक्यो ।” गर्मीयाममा पानी, अक्सिजन र दानाको मात्रा नमिल्याउंँदा भुराहरू उत्पादन र माछाको तौलमा समेत असर पुग्ने उनको भनाइ छ ।

    संघको तथ्यांकअनुसार देशभर देशभर १४ हजार व्यावसायिक माछापालक किसान छन् भने चितवनमा मात्रै १७ सयको हाराहारीमा छन् ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.