• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने

  • १०. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

बाढी, पहिरो बढ्नुमा मानवीय गतिविधि कति जिम्मेवार ?

  •   मङ्गलबार, असोज १५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी । मनसुनीयामको आखिरितिर भएको अधिक वर्षापछि निम्तिएको विपद्ले केही दिनयता मुलुक आक्रान्त छ । गृह मन्त्रालयका अनुसार बाढी, पहिरा र डुबानका घटनामा परी हालसम्म दुई सय २४ जनाको मृत्यु, २४ जना बेपत्ता, एक ५८ जना घाइते भएका छन् । भौतिक क्षतिको विवरण यकीन हुन सकिरहेको छैन । सडक, पुललगायत पूर्वाधार क्षेत्रमा रु २५ अर्बभन्दा बढीको नोक्सान पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विपद्का कारण घरबास गुमेपछि कैयौँ परिवार विस्थापित हुन बाध्य भएका छन् ।

    बाढी, पहिराले ठाउँठाउँमा क्षतिग्रस्त बनेका राजमार्ग पूर्ववत् अवस्थामा फर्कन अझ केही समय लाग्ने देखिएको छ । चाडबाडको मुखमा सर्वसाधारणको आवातजावत सहज बन्न सकिरहेको छैन । यसबीच सरकारले मङ्गलबारदेखि बिहीबारसम्म तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । मनसुनी याममा वर्षा हुनु स्वाभाविक भए पनि यसपालिको वर्षापछि निम्तिएको अकल्पनीय विपद्कापछि मानवीय गतिविधि कति जिम्मेवार छन् त ? यो प्रश्नमा विज्ञहरूले पछिल्लो समय बाढीपहिराका घटना बढ्दै जानुमा प्राकृतिक मात्र नभई मानवीय कारण पनि दोषी रहेको औँल्याएका छन् ।

    विपद् जोखिम न्यूनीकरण विज्ञ डा वसन्तराज अधिकारीले अव्यवस्थित विकास, प्रकृति दोहन आदि कारणले वातावरणीय सन्तुलन खल्बलिन गई विपद्जन्य घटना दोहोरीरहेको बताउनुभयो । उहाँले केही दिनअघिको वर्षाले ल्याउने सम्भावित विपद्बारे पूर्वसूचना र चेतावनी दिइए पनि राज्यका संयन्त्र र सर्वसाधारणले त्यसलाई गम्भीरतापूर्वक नलिएको बताउनुभयो । “खोला छेउछाउ नबस्नु, रातिमा यात्रा नगनूु भनेर सरकारले नै सूचित त गरेको थियो, तर त्यसको संवेदनशीलतालाई हामीले कम बुझ्यौँ कि भन्ने लागेको छ”, उहाँले भन्नुभयो, “खोला किनारमा बस्ती नबसाउन त विज्ञहरुले नै पटकपटक सुझाउँदै आएका छन्, सरकारले पनि मापदण्ड बनाएको छ, तर त्यो समस्या अहिले पनि ज्यूँकात्यूँ छ ।”

    त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशकसमेत रहनुभएका डा अधिकारीले काठमाडौँ उपत्यकामा बाढी र डुबानका घटना हुनुमा नदी अतिक्रमण पनि एउटा कारकका रुपमा रहेको बताउनुभयो । धेरै वर्षपछिको अधिक वर्षा र त्यहीँमाथि एकै ठाउँमा लगातार वर्षा हुँदा विपद्को जोखिम बढी हुने उहाँको भनाइ छ । काठमाडौँ उपत्यकामा ५४ वर्षयताकै अधिक वर्षा मापन हुनुले चरम मौसमी घटना बढ्दै गएको देखाएको डा अधिकारीले उल्लेख गर्नुभयो । विविधतापूर्ण भौगोलिक अवस्थितिका कारण नेपालमा वर्षाले पु¥याउने क्षतिमा पनि भिन्नता देख्न सकिने उहाँको भनाइ छ ।

    “नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ कास्कीको लुम्ले हो, अब त्यहाँको भू–बनोटले वर्षालाई झेलिसक्यो, तर उसैगरी तराई या पूर्वी पहाडी जिल्लामा वर्षा भयो भने त्यसले बढी क्षति पु¥याउँछ ।” डा अधिकारीले विकास आयोजनाका इञ्जिनियरिङ डिजाइनलाई ‘प्याराडाइम सिफ्ट’ गर्ने बेला भएको बताउनुभयो । उहाँले पूर्वाधार निर्माण गर्दा जलवायु परिवर्तनमैत्री ढङ्गले काम गर्नुपर्ने बताउनुभयो । “पहिले बनाएका सडक, पुलले अब थेग्न छाडिसके, वर्षा हुँदा पुलमाथिबाटै खोला बग्ने स्थिति आयो”, उहाँले भन्नुभयो, “परिवर्तित अवस्थाअनुसार विकासका कामलाई अगाडि बढाउनुपर्छ ।”

    जलवायु परिवर्तनको सबैभन्दा ठूलो असर नेपालको हिमालय क्षेत्रमा परेको र हिमताल विष्फोट, हिमपहिरो आदिले कुनै पनि बेला विपद् निम्तनसक्ने हुँदा तटीय क्षेत्रमा सजगता अपनाउनुपर्ने उहाँको भनाइ छ । पर्यावरणीय अध्यता कुलचन्द्र अर्यालले विकास गतिविधिमा वातावरणीय पक्षको बेवास्ता गर्दा वर्षाका कारण क्षति बढी भएको बताउनुभयो । सडक निर्माण गर्दा भिरालो जमिनको संवेदनशीलतालाई खल्बलाएर जथाभावी डोजर चलाउँदा पहाडी भेगमा पहिराका घटना बढिरहेको उहाँले बताउनुभयो ।

    “बाढीमा पानी मात्र नभई अत्यधिक लेदो बगेको हुँदा त्यसले तल्लो तटीय क्षेत्रमा शृङ्खलाबद्ध रुपमा असर बढाउँदै लगेको देखिन्छ”, अर्यालले भन्नुभयो, “खोला तथा नदीमा भइरहेको उत्खननका कारण पनि लेदोको बहाव बढ्ने र नदीको सतह खल्बलिँदा बाढी अनियन्त्रित हुने गरेको छ ।” पहाडी पाखामा सडक बनाउने नाममा बिनाअध्ययन मनपरी ढङ्गले भू–सतह खोतल्दा पहाडै बग्नेगरी ठूला पहिरा गइरहेको उहाँको भनाइ छ । अर्यालले हालैको वर्षा र त्यसले निम्ताएको विपद्मा मानवीय कृयाकलाप पनि जिम्मेवार रहेको बताउनुभयो । दुई मौसमी प्रणालीको संयोजनबाट वर्षा भएको हुनाले यसलाई जलवायु परिवर्तनसँग जोडिहाल्न भने नमिल्ने उहाँले बताउनुभयो ।

    “आरीघोप्टे वर्षा हुनु मुनसुनी प्रकृया नै हो, तर यसबाट सिर्जित विपद्जन्य घटनामा मानवीय कारण पनि जोडिएको छ”, उहाँले भन्नुभयो । अर्यालले जलवायु परिवर्तनका कारण वर्षाको चक्रमा फेरबदल भने देखिन थालेको बताउनुभयो । कम वर्षा र हिमपात हुने हिमाली क्षेत्रमा पछिल्लो समय अनपेक्षित रुपमा उच्च वर्षा हुँदा बाढी, पहिरोका घटना बढिरहेको उहाँको भनाइ छ । गत वर्ष मुस्ताङको कागबेनीमा आएको बाढीको घटना त्यसकै एक उदाहरण रहेको उहाँले बताउनुभयो ।

    कमजोर भू–बनोट, वनस्पतिविहीन नाङ्गो र भिरालो जमिन भएकाले हिमाली क्षेत्रले वर्षा थेग्न नसक्ने र त्यसले बाढी, पहिरो तथा लेदो बग्ने समस्या निम्त्याउने अर्यालले बताउनुभयो । जलवायु परिवर्तन र उष्णीकरणले नेपालको हिमालय क्षेत्रमा नकारात्मक असर पु¥याइरहेको उहाँले बताउनुभयो । हिमनदी र हिमतालकै कारण हिमाली भेगमा अप्रत्याशीत घटना हुनसक्नेमा विज्ञहरुको चिन्ता छ । “विश्वको औसत तामपान वृद्धिको दरभन्दा हिमालय क्षेत्रको तापमान वृद्धि बढी उच्च रहेको छ”, अर्यालले भन्नुभयो, “विश्वको औसत तापमान १ दशमलव ५ प्रतिशतले बढ्दा हिमालय क्षेत्रमा १ दशमलव ८ देखि दुई डिग्री सेल्सियससम्म बढ्ने अनुमान रहेको अध्ययनले देखाएको छ ।”

    ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदिप्त गिरीले बालुवा, गिटी उत्खननका नाममा नदीनालामाथि भइरहेको चरम दोहनले बाढी, पहिराका घटनामा सहयोगी भूमिका खेलेको बताउनुभयो । गाउँघरमा चलिरहेको डोजेरे विकास प्रवृत्ति पनि प्रकृति र पर्यावरणका लागि हानिकारक सावित भइसकेको उहाँको भनाइ छ । गिरीले नदीनालामाथि भइरहेको मानवीय अतिक्रमण नरोक्ने हो भने मानवजाति र प्रकृतिमाथि नै सङ्कट निम्तने खतरा रहेको बताउनुभयो ।

    “नदीनाला धार्मिक, सांस्कृतिक, जैविक र प्राकृतिक विविधतासँगै मानिसको जीविकासँग पनि जोडिएका छन्, यिनलाई जोगाऔँ”, गिरीले भन्नुभयो, “नेपाल पर्वतीय संवेदनशीलता बोकेको भूगोलमा अवस्थित रहेकाले प्राकृतिक स्रोतको उचित सदुपयोग र व्यवस्थापन गर्नसकेमा मात्र विपद् न्यूनीकरण गर्न सकिन्छ । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.