धनगढी । कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह अस्पताल भर्ना भएका छन् । १५ गते कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री शाह होम आइसोलेसनमा बसेका थिए । एक्कासी स्वास्थ्यमा समस्या आएपछि मन्त्री शाहलाई बिहीबार सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल भर्ना गरिएको हो ।








