काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ३ हजार ५१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४८ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ ।








