काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सीमामा अलपत्र परेका नेपालीको गास, बास र कपासको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।
तरुण दल बैतडीका उपाध्यक्ष महेश भट्टले एक विज्ञप्ति जारी गर्दै सीमामा अलपत्र परेका नेपालीहरूलाई देशभित्रकै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन पनि माग गरेको छ । “सिमानामा रोइकराइरहेका सान–साना दूधे बालकसमेतका आमनागरिकलाई नेपालमा ल्याई क्वारेन्टाइनमा राखी उनीहरूको गास, बास, कपास र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउन हुन नेपाल तरुणदल बैतडी नेपाल सरकारसमक्ष जोडदार माग गर्दछ,” विज्ञप्तिमा छ । तरुणदलले यस्तो अवस्थामा सबैलाई संयम अपनाउन आग्रहसमेत गरेको छ ।








