• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ६. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ७. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ८. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ९. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

खसीबोका बिक्री नभएको किसानको गुनासो

  •   बिहिबार, असोज २४, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    दोधारा चाँदनी(कञ्चनपुर) । डडेल्धुराको भित्री मधेसबाट खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुगेका डडेल्धुराका किसानले खसीबोका बिक्री नभएको गुनासो गरेका छन् । डडेल्धुराको परशुराम नगरपालिका–८ जोगबुढाबाट पैदलै महेन्द्रनगर पुगेका देव धामीले चाडपर्वको बेलासमेत खसीबोका बिक्री नभएपछि आफूहरू निराश भएको बताउनुभयो । “खसीबोका बिक्रीबाट आएको आम्दानीले चाडपर्व मान्ने र यसैबाट वर्षभरि जीविकोपार्जन हुने गरेको थियो”, उहाँले भन्नुभयो,“महेन्द्रनगर पुगेको दुइदिन भयो यसपटक बिक्री भएको छैन ।”

    दसैँको बेला हरेक वर्ष खसीबोका बिक्रीका लागि महेन्द्रनगर पुग्ने गरे पनि विगतको तुलनामा यस वर्ष अवस्था उत्साहजनक नरहेको धामीको भनाइ छ । “हामी सात÷आठ जनाको समूह बनाएर हरेक वर्ष दसैँका बेला खसीबोका लिएर यहाँ आउने गरेका छौँ, हालसम्म राम्रो सङ्केत छैन । हेरौँ बाँकी दिन केही हुन्छ कि!”, उहाँले अगाडि भन्नुभयो । जोगबुढाकै गोरे धामीले बाख्रापालन गरेर जीविकोर्पाजन गर्दै आएकामा यसपटक सोचेअनुसार व्यापार नहुँदा निराश बनाएको बताउनुभयो । “आम्दानीको स्रोत भनेकै यहीँ बाख्रापालन हो ।

    चाडपर्वमा पनि बिक्री भएन भने घरखर्च चलाउनै मुस्किल पर्छ”, उहाँले भन्नुभयो, “घरबाट यहाँ पुग्दासम्म खसिबोकाको तौलसमेत घट्छ बिक्री नहुँदा झनै घाटा हुने भो ।” उहाँले दुई दिन हिँडेर ५० वटा खसीबोका महेन्द्रनगर पु¥याउनुभएको थियो । जोगबुढाकै दिलिम राम लोहारको समस्या पनि यस्तै छ । महेन्द्रनगर आएको तीन दिनसम्म पनि विगतका जस्तो व्यापार नभएको उहाँले दुःखेसो पोख्नुभयो ।

    “जोगबुढाबाट समूह बनाएर खसिबोका बिक्रीका लागि महेन्द्रनगर आएका हौँ । यहाँ आएको तीन दिन भइसक्यो दुईवटा मात्रै खसी बिक्री भएका छन् । खै ! बाँकी दिनमा पनि के पो हुने हो !” उहाँले संशय व्यक्त गर्नुभयो ।

    धनगढीमा चुरेका खसीबोका

    कैलालीको पहाडी क्षेत्र चुरे गाउँपालिकाका व्यापारी पनि खसीबोका बिक्रीका लागि धनगढी झरेका छन् । चुरे गाउँपालिका–१ का खसीबोका व्यवसायी जीवन थापा मगरले दसैँका लागि कैलालीको पहाडी क्षेत्र चुरेस्थित साईल र बबैनाबाट खसीबोका बिक्रीका लागि धनगढी ल्याएको बताउनुभयो ।

    हरेक वर्ष दसैँको मौकामा कैलालीको पहाडी क्षेत्रबाट खसीबोका यहाँ ल्याउने गरे पनि यस वर्ष भने पहिलेको तुलानमा कमै मात्र आएको उहाँले जानकारी दिनुभयो । “करिब २२ वर्षदेखि चुरेको निगाली, खैराला, काले खोलालगायत स्थानबाट करिब सात सय बढी खसीबोका दसैँका लागि धनगढी ल्याएर बिक्री गरेर फर्किन्थ्यौँ तर यसपटक करिब ६० खसीबोका मात्र यहाँ ल्याएका छौँ, त्यसमा पनि सोचेको जस्तो व्यापार छैन”, थापाले भन्नुभयो,“पहिले ग्राहक थेग्न नसक्ने अवस्था हुन्थ्यो, हिजोआज दिनभर कुर्दा पनि मुस्किलले १०÷ १२ वटा पनि बिक्री हुन मुस्किल परेको छ ।”

    हाल तराईका गाउँमा पनि घर–घरमा दुईचार वटा बाख्रा पाल्ने र पहिलेको तुलनामा बलि दिने परम्परामा कमी हुँदै गएकाले आफूहरूको व्यापार राम्रो नभएको कैलालीको चुरेगाउपालिका–५ का दुर्गा अर्खालीको बुझाइ छ । स्थानीय अगुवा शेरबहादुर विष्ट पनि परिवारका सदस्य पढाइ, जागीर र वैदेशीक रोजगारीलगायत कारणले सँगै नहुने, पशु हत्या गर्नु हँुदैन भन्ने भावना विकास हुँदै गएकाले खासीबोकाको व्यापारमा कमी भएको हुनसक्ने बताउनुहुन्छ ।

    आफ्नो घर नजिकैको कालिका मन्दिरमा केही समय पहिले दसैँको अष्ठमी र नवमीका दिनमा हजारभन्दा बढी खसीबोकाको बलि दिने गरेको र पछिल्ला वर्षमा त्यो सङ्ख्या निकै कम हुँदै गएको उहाँले बताउनुभयो । यहाँ जिउँदो खसीबोका प्रतिकिलोग्राम पाच सय ५० रुपैयाका दरले बिक्री भइरहेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु

    • ६.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.