• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै

  •   आइतबार, असोज २७, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    वालिङ (स्याङ्जा) । वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुग्नुभयो । उहाँ लौरोको सहारामा पतञ्जली योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्नुहुन्छ । घरमा मात्रै बसिीरहँदा पट्यार लाग्ने भएकाले घरदेखि पतञ्जलीसम्म पैदल जान र त्यहाँ पुगेर आँफूजस्तै अन्य ज्येष्ठ नागरिक सहभागी भएर भजन कीर्तन गर्दा छुट्टै आनन्द मिल्ने गरेको उपाध्याय बताउनुहुन्छ ।

    वालिङका ज्येष्ठ नागरिक स्वतःफूर्तरुपमा पतञ्जली योग पीठ परिसरको खुला चौरमा दैनिक उपस्थित भई भजन कीर्तन गर्दै आएका छन् । दैनिक साँझ ४ बजेदेखि ६ बजेसम्म ज्येष्ठ महिला पुरुष उपस्थित भएर भजन कीर्तन गर्दै आउनुभएको छ । “कतिपय ठाउँमा नागरिक जम्मा भएर एकअर्काको कुरा काट्ने बानी छ, त्यसले मनमा नकारात्मक भाव उत्पन्न गराउँछ”, उहाँले भन्नुभयो, “सकारात्मक सोचका लागि पनि फुर्सदमा ज्येष्ठ नागरिक एकठाउँमा भेला भएर भजन कीर्तन गर्न थालेका हौँ ।”

    व्यापार गर्ने सिलसिलामा सर्लाहीका जयनारायण महतो विगत १० वर्षदेखि वालिङमा बस्दै आउनुभएको छ । छयानब्बे वर्षीय महतो पनि आफ्नो फुर्सदिलो समय कटाउन दैनिक भजन कीर्तनमा सहभागी हुनुहुन्छ । आफू जस्तै ज्येष्ठ नागरिकसँग भजन कीर्तनमा सहभागी हुन पाउँदा उहाँ खुसी हुनुहुन्छ । ज्येष्ठ नागरिकमात्रै सहभागी भएर गरिँदै आएको भजन कीर्तनमा विभिन्न बाजाको प्रयोग गरिन्छ । सीपअनुसारको बाजा बजाउने र अन्यले भजन टुक्का तथा ताली बजार साथ दिन्छन् ।

    वालिङ–८ का ९० वर्षीय टीकाराम पङ्गेनी नछुटाई भजन कीर्तनमा सहभागी हुनुहुन्छ । फुर्सदिलो समय उहाँ पनि दैनिक भजन कीर्तनमा सहभागी भएर बुढ्यौलीपनलाई भुल्ने गर्नुहुन्छ । कसरी समय कटाउने होला भन्ने भएका बेला दुई घण्टाको समय भगवानको नाम जप्दा छुट्टै खुसी मिल्ने गरेको उहाँको भनाइ छ । वालिङ–८ का ८१ वर्षीय विष्णु श्रेष्ठ भजन कीर्तनमा सहभागी भएपछि दुई घण्टाको समय बितेको पत्तै नपाइने बताउनुहुन्छ ।

    भजन कीर्तन भुल्ने माध्यम बनेको उहाँको भनाइ छ । यहाँ गत साउन सङ्क्रान्तिदेखि भजन कीर्तन गर्न थालिएको हो । खुला चौरमा बसेर भजन कीर्तन गर्दै आएका ज्येष्ठ नागरिकलाई लक्षित गरी वालिङमा ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्नुपर्ने स्थानीयको माग छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.