चितवनः चितवनको भरतपुर अस्पतालमा आज बिहान कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएको एक युवतिको मृत्यु भएको छ ।
सिन्धुली हरिहरपुर गाँउपालिकाकी २६ वर्षीया उपा कुमारी राईको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए ।
उनका अनुसार बिहिबार राती राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको थियो । राती १२ बजे अस्पताल ल्याईएको राईको सघन उपचार कक्षमा उपचारकै क्रममा बिहान २ वजे मृत्यु भएको हो । युवतिको मृत्युको कारण नतिजा आए पछि थाहा हुने भएकाले उच्च साबधानी अपनाईएको उनले जानकारी दिए । कोरोना भाईरस (कोभिड १९)को त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा बिशेष सतर्कता अपनाईएको उनले बताए । उनका अनुसार राईलाई हेटौडा अस्पतालले राती थप उपचारका लागि भरतपुर अस्पताल पठाएको हो ।ज्वरोका बिरामीको उपचारका क्रममा मृत्यु भएमा स्वाब परिक्षण गर्न थालिएको उनले बताए । उनले युवतिको मृत्युको कारण नतिजा आए पछि थाहा हुने भएकाले उच्च साबधानी अपनाईएको जानकारी दिए ।








