• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कोभिड–१९ विरुद्ध लड्न चीनबाट आयो भरतपुर महानगरलाई ठूलो परिमाणमा स्वास्थ्य सामग्री

  •   शुक्रबार, कार्तिक २१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकालाई मित्रराष्ट्र चीनबाट कोभिड–१९ विरुद्ध लड्न ठूलो परिमाणको स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । मित्रराष्ट्र चीनको सिपिङ सिटी फ्रि ट्रेड कम्प्रिहेन्सिभ सर्भिसले भरतपुर महानगरलाई सात हजार ६०० डलर (९ लाख रुपैयाँ) बराबरको कोभिड १९ विरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामग्री सहयोग गरेको छ । मेडिकल प्रोटेक्टिभ मास्कलगायतका आवश्यक स्वास्थ्य सामग्रीहरु चीनको सिपिङ सिटी सर्भिसले उपलव्ध गराएको भरतपुर महानगरपालिकाले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकालाई कोभिड– १९ विरुद्ध लड्न आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामाग्री चीनबाट प्राप्त भइरहेको जानकारी गराइन् । सहयोग सामग्री ग्रहण गर्दै भरतपुर महानगर प्रमुख दाहालले प्राप्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार भरतपुर महानगरअन्तर्गत रहेका स्वास्थ्य संस्थाहरुलाई वितरण गरिने बताइन् । महानगर प्रमुख दाहालले कोभिड १९ विरुद्ध लड्न मित्रराष्ट्र चीनबाट निरन्तर सहयोग मिलेको बताउँदै भनिन्, ‘आवश्यक पर्ने स्वास्थ्य सामग्रीले भरतपुर महानगरलाई कोभिड विरुद्ध लड्न सहयोग गर्नेछ ।’ उनले यसअघि पनि चीनबाट विभिन्न स्वास्थ्य सामग्री आएको जानकारी गराउँदै भनिन्, ‘कोभिडको महामारीको बेला स्वास्थ्य सामग्री सहयोगले जनस्तरमै सुमधुर सम्बन्ध कायम हुने छ ।’ कोरोना रोगको पहिचान, रोकथाम तथा नियन्त्रणको लागि मित्रराष्ट्र चीनबाट स्वास्थ्य सामाग्रीहरु निरन्तर सहयोग प्राप्त  हुने अपेक्षासमेत गरिएको छ । भरतपुर महानगरपालिका कोराना– १९ विरुद्ध लडिरहेको बताउँदै प्रमुख दाहालले पिसिआर प्रयोगशाला सञ्चालन, क्वारेन्टिनहरुको निर्माण र सञ्चालन साथै हालै सञ्चालनमा ल्याएको बागेश्वरी आइसोलेसन तथा राहत वितरणलगायत नगरवासीहरुलाई सूसुचित गर्दै उच्च सुरक्षा सतर्कताका साथ विकास निर्माणका कामहरु पनि सञ्चालन गरिरहेको बताइन् । विपदको समयमा यति ठूलो संख्यामा स्वास्थ्य सामग्री आउनुलाई सुखद संकेत मिलेको र कोभिड १९ विरुद्ध लड्न थप हौसला प्राप्त भएको प्रमुख दाहालको भनाइ छ ।  यसअघि भरतपुर महानगरपालिकालाई चीनको गुर्मु सिटीले पनि स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भरतपुर महानगर र चीनको गुर्मु सिटीबीच भगीनी सम्बन्ध कायम भएको छ । विपदको अवस्थामा प्राप्त स्वास्थ्य सामाग्रीले दुई नगरकाबीच भएको भगीनी सम्बन्धले जनस्तरमै सुमधुर सम्बन्ध कायम गर्न ठूलो भूमिका खेलेको छ । यसअघि गुर्मु सिटीले यस कोभिड– १९ रोगको रोकथाम र नियन्त्रणका लागि प्रदान गरेको स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मी, चिकित्सक, अघिल्लो घेरामा खटिने कर्मचारीलाई प्रदान गरिएको महानगरले जनाएको छ । यसअघि मित्र राष्ट्र चीनको गुर्मु सिटीले भरतपुर महानगरपालिकालाई १७ लाख रुर्पयाँ बराबरको सर्जीकल मास्क १० हजार थान, एन ९५ मास्क ९ सय ६० थान, पिपिई १ सय २० थान र थर्मल गन १ सय २० थान लगायतका सामाग्रीहरु भरतपुर महानगरपालिकालाई प्रदान गरेको थियो । भरतपुर महानगरपालिकाका प्रेस सल्लाहाकार सुरेशचन्द्र अधिकारीको नेतृत्वामा गएको प्रतिनिधी मण्डललाई गुर्मु सिटीका प्रतिनिधीहरु च्याङ्ग जिउ लिई, छिङ बिङ्ग, ह्याङ्ग सिङ्ग हान लगाएतका प्रतिनिधी मण्डलले नेपाल-चीन सिमाना तातोपानीको मितेरी पुलमा प्रदान गरेको थियो । सो अवसरमा गुर्मु सिटीका प्रतिनिधी चाङ्ग जिउ लिई लि ले भरतपुर महानगरपालिका र गुर्मु सिटीबीच भगिनी सम्बन्ध कायम भएसँगै दुई पक्षीय सहयोग आदानप्रदान हुँदै आएको भन्दै यस विपदको बेला कोभिड– १९ विरुद्ध लड्न सानै भएपनि स्वास्थ्य सामाग्री प्रदान गर्न पाउँदा गुर्मुबासीको तर्फबाट खुसी व्यक्त गर्दै आउँदा दिनहरुमा पनि आवश्यक सहयोग र सद्भाव कायमै रहने बताएका थिए । यसैगरी मित्रराष्ट्र चीनको तिब्बत प्रान्तमा रहेको सिगात्से शहरले पनि यसअघि भरतपुर महानगरपालिकालाई २७ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । तिब्बत प्रान्तमा रहेको सिगात्से सिटीले यसअघि एन ९५ मास्क एक हजार थान, सर्जिकल मास्क ५० हजार थान, आरडिटी किट आठ सय थान, पिपिई एक सय थान, मेडिकल फेस सिल्ड एक हजार थान र सर्जिकल ग्लोभ्स चार हजार थान लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भरतपुर महानगर प्रमुख रेनु दाहालले मित्र राष्ट्र चिनका विभिन्न शहरहरुले भरतपुर महानगरपालिकालाई विभिन्न खाले सहयोग गरिरहेको बताउँदै आगामी दिनमा पनि दुईपक्षीय सहयोग आदान प्रदान भईरहने विश्वास व्यक्त गरिन् । भरतपुर महानगरपालिका र चीनका शहरहरुसँग प्रविधी हस्तान्तरणका साथै दुई पक्षिय सहयोगका साथ अवलोकन भ्रमण पनि हुँदै आएको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.