चितवन । यही कात्तिक ३ गते भरतपुर–११, स्थित बिशाल चोकमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरिंदै छ । लयो क्लब अफ नारायणगढ दियालो र ब्लड डोनर्स सोसाइटी नेपाल को संयुक्त आयोजनामा खुल्ला रक्तदान कार्यक्रम गरिन लागिएको हो । चाडबाडको समयमा चितवनका अस्पतालमा देखिएको रगतको चरम अभाव कम गर्ने उद्धेश्यले रक्तदान कार्यक्रम गरिन लागिएको आयोजकले जनाएको छ ।
लियो क्लब का अध्यक्ष रमन वाग्लेले चितवनमा रगतको अभाव कम गर्ने उद्धेश्यका साथ शनिबार रक्तदान कार्यक्रम गरिन लागिएको जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी चितवनले समेत रगत संकलन गर्न आग्रह गरेसंँगै आफूहरुले रक्तदानको कार्यक्रम राखिएको उनले बताए ।
ब्लड डोनर्स सोसाइटी नेपाल का केन्दिय अध्यक्ष अर्जुन अधिकारीले यस सस्थाले बिगत लामो समय देखि रगत सम्बन्धि कार्य गर्दै आएको र चितवनमा रगत अभावलाइ केही न्युनिकरण गर्ने उद्धेश्य र विरामीलाई सहज होस भन्ने हेतुुले रक्तदान कार्यक्रम राख्न लागिएको बताए । उनले समग्र रक्तदाताहरुलाई रगत दिएर परोपकारी काममा लाग्न समेत आग्रह गरे ।








