• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

‘घरवारविहीनहरुको रात सधैँ सडकमा बित्छ’

  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  मजदुरीले थाकेको शरीर विश्राम गर्न जिते तामाङसँग न घर छ न डेरा । उहाँसँग खुला आकाश र जुनेली रात मात्रै छ । दरबारमार्ग र ठमेलका गल्लीको चिसो भुइँमा कार्टुन र बोरा बिच्छ्याएर उहाँ प्रायः खुला आकाशमुनि रात बिताउनुहुन्छ । तामाङ गर्मी, जाडो र बर्खा जुनसुकै ऋतुमा सडकमा रात बिताउनुहुन्छ ।

    शुक्रबार दरबारमार्गमा साँझ परेपछि घाम कहिले ओझेल पर्छ र निदाउन अध्यारो खोज्न सुरसार गर्दै हुुनुहुन्थ्यो तामाङ । बोल्दाबोल्दै बिर्सने मनस्थितिमा पुग्नुभएका उहाँलाई आफू सडकमा आउनुको कारण एक वाक्यमा टुग्याउनुहुन्छ । “चाहेको होइन तर परिस्थितिले सडकमा ल्यायो”, उहाँ भन्नुहुन्छ, “घर र ठेगाना सडकबाट सुरु भएर सडकमै टुङ्गिन्छ ।” घाम अस्ताउने पश्चिमतिर भन्ने मात्रै थाहा छ उहाँलाई । परिवार र आफन्तीको लेखाजोखा उहाँले कहिल्यै गर्नुभएन् ।

    दिनमा भारी बोक्न पाए दुई÷चार रुपैयाँ कमाउने र बेलुका खाना खाएर सडकमा बास बस्ने उहाँको दैनिकी हो । उहाँ भन्नुहुन्छ, “न्यायो ओछ्यान बिर्सिएको वर्षौं भयो । आफ्नो विगतको तीतोपल सम्झिन चाहन्न ।” जाडो याममा अत्यन्त कठिन हुनेहुँदा कसरी चिसो कटाउने भन्ने चिन्ताले लाग्ने उहाँ बताउनुहुन्छ । सडकमा रात बिताउन पनि घरवारविहीन सडक मानवलाई सजिलो छैन । गोरखा जिल्लामा जन्मिएको बताउने सानोकान्छा घर्तीको धेरैजसो रात ठमेलका सडक पेटीमा बित्ने गर्दछ । “गरिब देखेर सबैले हेप्छन्, चोर्छ भन्दै पेटीमा पनि बस्न दिदैनन्”, उहाँ भन्नुहुन्छ ।

    उहाँ कहिले आफ्नै साथीहरुबाट लखेटिनुहुन्छ भने कहिले सर्वसाधारण र व्यापारीबाट । सडक पेटी कब्जा गरेर बस्ने उहाँकै समूहबीच हातथाप हुन्छ । अलि सुकिलो र पानी ओत लाग्ने भुइँ रोज्ने टाठाबाठा हुन्छन् । साठी वर्षीय घर्ती भने कहिलेकाहीँ त्यही चिसो भुइँ पनि रोजेर पाउनुहुन्न । भुइँमा पनि बास बस्न पनि ठूलो सङ्घर्ष गर्नुपर्ने उहाँको गुनासो छ । “आफूमाथिको दुव्र्यवहार कसलाई सुनाउने ? कुनै निकाय छैन । त्यसैले चुपचाप भई दुव्र्यवहार सहन बाध्य हुन्छ”, उहाँ भन्नुहुन्छ । सडक पेटीमा रात बिताउने पुरुषको सङ्घर्ष जति छ त्योभन्दा बढी महिलाका व्यथा छन् ।

    सडकमा कुनै पनि मानव अलपत्र र बेवारिसे नभेटिउन् भन्ने सेवा भावका साथ मानव सेवा आश्रमले गत असोज २६ गतेदेखि मेचीमहाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरेको छ । जसको आफन्ती कोही छैन, बेवारिसे छ उसको उद्धार गरी आश्रय दिनु आश्रमको जिम्मेवारी हो । आश्रमका अध्यक्ष रामजी अधिकारी मेचीमहाकालीको उद्धार यात्रामा कोसी प्रदेशबाट तीन दिनमा ४४ जनाको उद्धार गरिएको जानकारी दिनुहुन्छ । उहाँका अनुसार मधेश प्रदेशको लहानमा १३ र जनकपुरमा ११ जनाको उद्धार गरिएको छ । कात्तिक २८ गतेसम्म देशभरका सडक मानवको उद्धार गर्ने उहाँ बताउनुहुन्छ ।

    जतिसुकै उद्धार कार्य सक्रिय गरि पनि सडकमा जाँडरक्सी खाएर स्वतन्त्र जीवन जिउन चाहने र माग्ने पेसा अपनाउने मानव आश्रमको उद्धार क्षेत्रअन्तर्गत नपर्ने उहाँको धारणा छ । “सडकमा वास्तविक सडक मानव भए उद्धार गरेका छौँ”, अध्यक्ष अधिकारी भन्नुहुन्छ, “जाँडरक्सी खाने र माग्ने व्यक्तिलाई सम्हाल्नु हाम्रो चुनौती बनेको छ ।” सडकमा वास्तविक बेवारिसे मानव हुन कि होइनन् भनी पहिचान गर्न एउटा ‘सडक मानव स्क्रिनिङ सेन्टर’ जरुरी रहेको उहाँ बताउनुहुन्छ । सबै सडकका मानवलाई त्यहाँ राखेर वास्तविक पीडित पहिचान गर्न सजिलो हुने अध्यक्ष अधिकारीको बुझाइ छ ।

    उहाँका अनुसार आश्रमले हालसम्म १२ वर्षको अवधिमा ११ हजार सडक मानवको प्रत्यक्ष उद्धार गरेको छ । तीमध्ये एक सय ५० बालबालिका छन् । ज्येष्ठ नागरिक तीन सय छन् भने एक हजार सडक मानव मानसिक सन्तुलन गुमाएका छन् । आश्रमले सात प्रदेशको १९ जिल्लामा २५ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारी अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको बताउनुहुन्छ । सडकमा जथाभावी डुल्ने, भौतारिने गर्दा कुलतमा पसेको, दुर्घटनामा पर्न सक्ने, शान्ति सुव्यवस्थामा खलल पुग्नेजस्ता गतिविधि हुने गरेको उहाँ बताउनुहुन्छ ।

    “प्रहरीले सडक मानव देख्नेबित्तिकै तत्काल खबर गर्ने संयन्त्रको अभाव छ”, प्रहरी उपरीक्षक अधिकारी भन्नुहुन्छ, “स्थानीय सरकार बढी जवाफदेही हुनुपर्ने अवस्थामा यसप्रति खासै चासो दिएको देखिँदैन ।” सडक मानव अपराधी नभएकाले अलपत्र परेका बेला भेटिएमा प्रहरीले थुनामा राख्न नमिल्ने उहाँ उल्लेख गर्नुहुन्छ । “तत्काल उद्धार गर्ने स्रोतसाधन प्रहरीसमक्ष छैन । केही संस्था सहयोगी भए पनि पर्याप्त उद्धार संयन्त्र छैन”, प्रहरी उपरीक्षक अधिकारी भन्नुहुन्छ । स्थानीय सरकारले सहयोगी सङ्संस्थासँग समन्वय गरी सडक मानव उद्धारको पहल गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.