• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
आइतबार, कार्तिक ०१, २०८३
☰
आइतबार, कार्तिक ०१, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • ७. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ८. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ९. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • १०. कालिका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किरण थापा

म्याग्दीमा सडक स्तरोन्नतिले गति लियो

  •   शुक्रबार, कार्तिक ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    म्याग्दी । जिल्लामा एकैसाथ सातवटा सडक स्तरोन्नति र दुईवटा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय म्याग्दीले ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको जनाएको छ । कार्यालय प्रमुख विष्णुप्रसाद पौडेलले चारवटा सडकका निर्माण व्यवसायीले काम सुरु गरिसकेका जानकारी दिनुभयो ।

    “दुईवटा सडक र दुई मोटरेबल पुलका निर्माण व्यवसायीले तिहारलगत्तै काम सुरु गर्ने तयारीमा छन्”, उहाँले भन्नुभयो, “एक सडक आयोजनामा ठेक्का प्रतिस्पर्धामा छनोट भएको निर्माण कम्पनीसँग सम्झौताको तयारीमा छौँ ।” भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले गत आर्थिक वर्ष २०८०/८१ मा बहुवर्षीय ठेक्का लगाउनका लागि छनोट गरेका ती आयोजनाका लागि आर्थिक मामिला मन्त्रालयले रु एक अर्ब २० करोड बजेटको स्रोत सुनिश्चितता गरेको थियो ।

    पूर्वमन्त्रीसमेत रहेका म्याग्दी (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले धेरै जनघनत्व भएका बस्तीमा रणनीतिक महत्वका सडक आयोजना भित्रिएको बताउनुभयो । “सडक पूर्वाधारको क्षेत्रमा म्याग्दीमा गत आर्थिक वर्षमा इतिहासमै धेरै बजेट र बहुवर्षीय योजना भित्रिएको थियो”, उहाँले भन्नुभयो, “ठेक्का लागिसकेका आयोजनाका लागि यसपालि न्यून बजेट विनियोजन भएकाले थप बजेट व्यवस्था गर्न सरकारलाई दबाब दिएका छौँ ।”

    छवटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीको धवलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जाबाहेकका बस्तीमा सडक यातायातको सुविधा पुगेको छ । गत वर्ष कालोपत्र भएको ३७ दशमलव पाँच किलोमिटरसहित म्याग्दी जिल्लाभर ८७ किलोमिटरमात्र पक्की सडक छ ।

    रघुगङ्गा करिडोरको रणनीतिक बेनी–पाखापानी सडक

    म्याग्दीको मध्यभागमा अवस्थित रघुगङ्गा करिडोरमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–पाखापानी सडक स्तरोन्नतिका लागि ठेक्का लिएका निर्माण व्यवसायी कार्यक्षेत्रमा परिचालित भएका छन् । विसं २०५६ मा मार्ग खुलेको बेनी–पाखापानी म्याग्दीको रणनीतिक महत्वको प्राथमिकताप्राप्त सडक आयोजना हो ।

    बेनी नगरपालिका–९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा चार किलोमिटर कालोपत्र गर्ने आयोजना सुरु भएको म्याग्दी (१) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताउनुभयो । विसं २०८१ जेठ २० गते रु ११ करोड ७६ लाख १२ हजारमा ठेक्का सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालिले सडक फराकिलो बनाउने र पर्खाल निर्माण गर्ने कामलाई तीव्रता दिएको छ ।

    हाल तीनदेखि तीन दशमलव पाँच मिटर चौडाइ रहेको सडक विस्तार गरेर कम्तीमा सात मिटर फराकिलो बनाएर कालोपत्र र ढलान गर्ने योजना रहेको छ । बेनी–पाखापानी सडक बेनी नगरपालिकाको ९, १०, रघुगङ्गा गाउँपाकिलाको ५, ६ र ८ नम्बर वडाका बासिन्दा बेनी आवतजावत गर्न प्रयोग गर्छन्् ।

    मध्यपहाडीको विकल्पक बेनी–ढोरपाटन सडक

    मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ । यो धवलागिरि गाउँपालिकाको पाँचवटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो ।

    चार किलोमिटर दूरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर–बिएस धवलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । दुई वर्षको ठेक्का अवधि भएको योजनाको निर्माण कम्पनीले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माणलाई तीव्रता दिएको धवलागिरि गाउँपालिका–७ का वडाध्यक्ष अशोक खत्रीले बताउनुभयो । हाल चारदेखि पाँच मिटर फराकिलो आठ मिटरका दरले सडकलाई फराकिलो बनाइने भएको छ ।

    यो सडक आयोजनाअन्तर्गत झिनडाँडाबाट मुनातर्फ र हालै ग्राभेल भएको दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेटको आयोजनाको यसै आर्थिक वर्षमा ठेक्का आह्वानको तयारी भएको छ । गण्डकी प्रदेश सरकारको लगानीमा दरवाङबाट धारापानी जोड्ने करिब सात किलोमिटर सडक गत वर्ष ग्राभेल भएको थियो ।

    १६ वर्षपछि स्तरोन्नति हँुदै बेनी–भकिम्ली सडक

    बेनी नगरपालिकाको २, ३, ४ र मङ्गला गाउँपालिकाको ३ र ४ नम्बर वडालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–भकिम्ली सडक स्तरोन्नतिका लागि २०८१ साल जेठ २९ गते रु पाँच करोड ५९ लाख एक सय ४४ मा ठेक्का सम्झौता गरेको माछापुच्छ्रे–हिमालयन जेभीले प्रारम्भिक चरणको काम थालेको छ ।

    आगामी १८ महिनाभित्र बगरफाँटबाट दूधेखोलासम्मको सडकलाई ग्रेड तथा घुम्ती सुधार, सात मिटर फराकिलो बनाउने, नाली निर्माण गरी तीन किलोमिटर ग्राभेल र दूधेखोलाबाट भकिम्लीतर्फ तीन सय ९० मिटर ढलान गर्ने लक्ष्य रहेको छ । विसं २०६५ मा मार्ग खुलेको सो सडक हाल चार मिटरको हाराहारीमा फराकिलो छ । मार्ग खुलेपछि हालसम्मकै धेरै बजेट विनियोजन भएर योजना सञ्चालन भएको बेनी नगरपालिका–३ का वडाध्यक्ष पदम पुनले बताउनुभयो ।

    बागलुङ र म्याग्दी जोड्ने अदिभारा–डाडागाँउ सडक

    म्याग्दी र बागलुुङ जोड्ने दरवाङ–अदिभारा–डाडागाउँ–सोले–तमान– बुर्तिवाङ सडकअन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका–३ अदिभाराबाट औला हुँदै डाडागाउँ–किटिनी क्षेत्रमा स्तरोन्नतिको काम सुरु भएको छ । यो सडक स्तरोन्नतिका लागि गत असारमा एपिसी/आरआरसी/पिएनएस जेभीले रु पाँच करोड ८२ लाख तीन हजारमा ठेक्का सम्झौता गरेको थियो ।

    पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले अदिभारातर्फबाट डोजर र मजदुर परिचालन गरेर सडक फराकिलो बनाउने, नाली, पर्खाल निर्माण थालेको मालिका गाउँपालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुुढाले जानकारी दिनुभयो । मालिका गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका बासिन्दाका साथै बागलुङको तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका बासिन्दाले प्रयोग गर्ने यो सडक रणनीतिक हिसाबले महत्त्वपूर्ण छ ।

    विसं २०७५ मा मालिका गाउँपालिकाले अदिभाराबाट डाडागाउँ हुँदै तमानखोला जोड्ने सडकको मार्ग खोलेको थियो । सडकको प्रवेशबिन्दुमा पर्ने अदिभारास्थित दाजुङखोलामा कार्यालयमार्फत २५ मिटर लामो मोटरेबल पुल निर्माणाधीन रहेको छ । बागलुुङको बुर्तिवाङबाट तमानखोलातर्फ पनि यसै वर्षदेखि सडक स्तरोन्नतिको काम सुरु भएको छ ।

    थप तीन सडकमा निर्माण व्यवसायी परिचालन हुँदै

    मालिका गाउँपालिकाको दरवाङ–बिम–दिच्याम र मङ्गला गाउँपालिकाको पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–घापुङ–ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि ठेक्का सम्झौता गरेका निर्माण व्यवसायीले तिहारलगत्तै काम थाल्ने तयारी गरेका पूर्वाधार विकास कार्यालयका सडक इन्जिनियर सञ्जय सुवेदीले बताउनुभयो ।

    दरवाङ–बिम–दिच्याम सडक आयोजनाको सर्वशक्ति महामाया प्रालिले गत असारमा रु ११ करोड १९ लाख ९० हजारमा ठेक्का सम्झौता गरेको थियो । पखेर–बरङ्जा–३ र ४ हुँदै महेश–घापुङ–ताराखोला गाउँपालिका जोड्ने सडक आयोजनाको रु पाँच करोड ८६ लाख तीन हजारमा एनके युनाइटेड जेभीले ठेक्का पाएको छ ।

    अन्नपूर्ण गाउँपालिका–६ चित्रेबाट पर्यटकीयस्थल घोडेपानी जोड्ने तीन किलोमिटर सडक स्तरोन्नतिका लागि रु दुई करोड २३ लाख ९६ हजार कबोलेको विकास–जयदुप्चे जेभीसँग ठेक्का सम्झौताको चरणमा छ ।

    दुईवटा मोटरेबल पुलको ठेक्का

    बेनी–दरवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत मालिका गाउँपालिका–७ शिवरात्रिखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि बिएन कन्ट्रक्सनले रु पाँच करोड ९६ लाख ६४ हजारमा ठेक्का सम्झौता गरेको छ ।

    यसैगरी धवलागिरि गाउँपालिकाको लुलाङ–गुर्जा सडकअन्तर्गत लमसुङस्थित दरखोलामा २५ मिटर लामो मोटरेबल पुल निर्माणका लागि बिएमए निर्माण सेवाले रु चार करोड १३ लाख ४८ हजारमा ठेक्का पाएको छ । दुईवटै निर्माण कम्पनी तिहारलगत्तै परिचालन हुने पूर्वाधार विकास कार्यालयले जनाएको छ । रासस

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.