• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

पितृका संझनामा माझी समुदायले पितरा पर्व मनाउँदै

  •   सोमबार, कार्तिक १९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काभ्रेपलाञ्चोक । जिल्लाका माझी समुदायले ‘पितरा पर्व’ मनाइरहेका छन् । अन्य समुदायमा मानिस मरेपछि वार्षिक पुण्य–तिथिमा श्राद्ध गर्ने चलन छ । तर माझी समुदायमा भने अनौठो परम्परा छ, मरेका आफन्तका नाममा एकपटक पितरा निकालेपछि वर्षैपिच्छे श्राद्ध गर्नु पर्दैन । अल्पसङ्ख्यकका रुपमा रहेका यस समुदायले परम्परादेखि आफ्नो संस्कृतिअनुसार मनाउँदै आएको यस पर्वलाई नै ‘पितरा पर्व’ भनिने गरिएको हो । प्रत्येक वर्ष विजयादशमीको भोलिपल्ट र तिहारको भाइटीकाको भोलिपल्ट यो पर्व आफ्नै रीतिरिवाजअनुसार मनाउने गरिन्छ । मण्डनदेउपुर नगरपालिका–१० आँपचौरका रामकृष्ण माझीका अनुसार यस परम्परा जीवन्त राख्दै आएकाले एक वर्षका बीचमा परिवारमा कसैको मृत्यु भएमा त्यस वर्षको दसैँ र तिहार पर्व सकिएको भोलिपल्ट आफ्नै संस्कृतिअनुसार मनाइँदै आइएको छ । “यस परम्परालाई निरन्तरता दिन युवाले अग्रसरता लिँदै आएका छन्”, माझीले भन्नुभयो ।

    उहाँले देशभरका माझी समुदायद्वारा आइतबार साँझदेखि विधिपूर्वक यो पर्व मनाइरहेको बताउनुभयो । पितरा पर्वको किंवदन्तीअनुसार कुनै एक समयमा महादेव र पार्वती पृथ्वी भ्रमण गर्ने क्रममा एउटा ठूलो नदी छेउमा आइपुगे र नदी पार गर्न नसक्दा नदी किनारमा डुङ्गा चलाउँदै गरेको एक माझीलाई आफूहरुलाई नदी पार गराइदिन अनुरोध गरेपछि माझीले पनि नदी पार गराइदिएकाले महादेव दम्पती खुसी भई ‘तिमीहरु मर्दा बाँच्नेले नाचगान गरेमा सिधा स्वर्ग पुग्नेछौँ’ भनी वरदान दिएका थिए । त्यसैबेला देखि यो संस्कृतिको सुरुआत भएको सुन्दै आएको स्थानीय माझी बताउँछन् । यस पर्व माझी समुदायको परम्परा नै भए पनि सबैले मनाउनु भने पर्दैन ।

    वर्षभरिमा जसको घरका आफन्तको निधन भएको छ, त्यही घरबाट पितरा निकालिन्छ । यदि त्यो वर्ष गाउँमा कसैको निधन भएन भने त्यस वर्ष पितरा निकाल्नु अनिवार्य नभएको माझीले बताउनुभयो । पर्वको परम्पराअनुसार तिहारको भाइटीकाको भोलिपल्ट कसैको निधन भएमा उसको परिवारले आउँदो वर्षको विजयादशमीको भोलिपल्टसम्म ‘जुठो’ बार्नुपर्छ भने विजयादशमीको भोलिपल्टदेखि भाइटीकाको दिनसम्म मरेकाको त्यही वर्ष एक वर्षभरिको काम सकिन्छ । नेवार समुदायको गाईजात्रा परम्पराझैँ झल्कने भए पनि पितरा पर्व फरक संस्कृति–रीति भएको आँपचौरकै ध्रुव माझीले बताउनुभयो । उहाँका अनुसार पितरा निकाल्ने अघिल्लो दिनदेखि नै केही विधि पु¥याई पितृहरुलाई निमन्त्रणा गर्न उनीहरुलाई विभिन्न वाहनहरुमा चढेर आउन भनी घरको भित्तामा हात्ती, घोडा, सिपाही, घोरल, मोटर, हवाईजहाजलगायत सवारी साधनहरुको चित्र कोरिन्छ ।

    मृतात्मा तिनै सवारीसाधनमा चढेर आउँछन् भन्ने जनविश्वासअनुसार महिला मरेको भए महिलाकै र पुरुष मरेको भए पुरुषले लगाउने लुगा आकृतिसमेत कोरिएको हुन्छ । पर्व मनाउने क्रममा कुनै एक ब्यक्तिले ‘मरेको अभिनय’समेत गर्ने गरिएको बताइन्छ । पितरा निकालेको दिन बेलुकाबाट भोलिपल्टको उज्यालो नहुँदै कसैले नदेख्ने गरी उक्त आकृति मेटाइसक्नुपर्छ । पितरा निकाल्ने दिन ‘मूल भोटे’ले यसको सुरुआत गर्ने अरूले अन्य काममा सहयोग गर्ने गर्दछन् । यस कार्यका लागि माझीकै दुई बालिकालाई पुरोहितका रुपमा पुजिन्छ । उनीहरुलाई अन्य समुदायका व्यक्तिले छुन नहुने र कसैले छोएमा तिनीहरुको मृत्युसम्म हुने मान्यता रहँदै आएको छ ।

    पर्वका क्रममा मूल भोटेले दुई ‘गुरुङ’को छनोट गरी उनीहरुकै साथमा अन्य मृतात्मालाई बोलाउँदै नदीसम्म जाने र यस क्रममा विभिन्न देशभक्ति झल्काउने र दुःखसुखका गीतहरु गाउने प्रचलन रहेको छ । बाटो मर्मत र सफा गर्दै पुनःघरमा फर्केर मृतकको के इच्छा छ त्यो ‘बकाउन’ विभिन्न तन्त्रमन्त्रबाट मृतकको परिवारकै सल्लाहअनुसार यदि चाहेमा मात्र आत्मालाई बोलाइने गरिएको माझीले बताउनुभयो । पर्वका दिन र रातभर विभिन्न भजन गाउँदै नाच पनि देखाइन्छ । भोलिपल्ट सबेरै नदीमा लगेर सेलाएपछि विधिअनुसारको तीन दिनको पितरा पर्वको समापन हुन्छ ।

    यस पर्व मनाएपछि मरेका आफन्तको आत्मा कहिल्यै फर्केर नआओस् र बाँचेकालाई कुनै किसिमको बिघ्नबाधा नआउने मान्यता रहेको माझी बताउनुहुन्छ । “कुनै वर्ष गाउँमा पितरा निकाल्नु परेन भने पनि हामी माझीहरु अझ खुसी साथ दसैँ मनाउँछौँ, किनकि गाउँमा कसैको नाममा पनि शोकोत्सव मनाउनु परेन भनेर”, उहाँले भन्नुभयो । उहाँका अनुसार विसं २०७२ सालको भूकम्पमा यस गाउँमा ११ घरबाट पितरा निकालिएको यहाँका अनुभव छ यहाँका माझीहरुसँग ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.