• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री गौतम

  • ५. कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता कायमै, चितवनका विकास कोइराला पाँचौँ स्थानमा

  • ६. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ७. संघको ३५ औं साधारणसभामा व्यक्ति तथा संस्थाहरु सम्मानित, राजु भट्टलाई उत्कृष्ट कर्मचारी अवार्ड

  • ८. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ९. गैँडाकोट इङ्लिस स्कुलको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

  • १०. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

संवैधानिक कानून व्यवसायी मञ्चले सीमामा अलपत्र परेकालाई स्वदेश फर्काउन अपिल गरेको छ

  •   शुक्रबार, चैत २१, २०७६ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ :संवैधानिक कानून व्यवसायी मञ्चले कोरोना भइरस (कोभिड —१९) को सम्भावित जोखिम हुन नदिन सरकारले लकडाउन गरेको अवस्थामा सीमामा अलपत्र परेका नागरिकलाई स्वदेश फर्काउने वातावरण मिलाउन अपिल गरेको छ । मञ्चका अध्यक्ष अधिवक्ता राजुप्रसाद चापागाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा स्वदेश फर्कने अभिलाषाले आएका सयौँ नागरिकलाई अन्य भरपर्दो विकल्पबिना नेपाल प्रवेशमा रोक लगाउँदा सीमापारी तथा दशगजामा अलपत्र रुपमा पीडादायी र त्रासपूर्ण जीवन जीउन बाध्य भएकालाई स्वदेश आउन दिन अपिल गरिएको छ ।
    “विश्वव्यापी महामारीबाट जनताको सार्वजनिक स्वास्थ्यमा पर्न सक्ने असरलाई रोक्न सरकारले राष्ट्रव्यापी रुपमा लकडाउन गरेको कुरा सबैबाट प्रशंसा भएकै छ”, विज्ञप्तिमा भनिएको छ, “सार्वभौम नेपाली नागरिकको स्वदेश प्रवेशमा रोक लगाउने कार्यले संवैधानिक एवं अन्तर्राष्ट्रिय मानवअधिकार कानूनद्वारा प्रत्याभूत हकहरुको न्यूनतम मानवीय मूल्य मान्यताको उल्लङ्घन हुन पुगेको मञ्चको ठहर छ ।” मञ्चले अन्य मुलुकले समेत आफ्ना नागरिकप्रतिको प्राथमिक दायित्व बोध गरेर स्वदेश फिर्ता लगेको र त्यसमा सरकारले समेत सहजीकरण गरेको तथ्य सबैलाई अवगतै भएको उल्लेख गरेको छ ।
    नागरिकलाई स्वदेश प्रवेशमा रोक लगाउने प्रतिबन्धलाई तत्काल हटाउनुपर्ने, स्वदेश प्रवेश गर्ने नेपाली नागरिकलाई स्थानीय सरकार, स्थानीय प्रशासन, प्रदेश सरकार, सुरक्षा निकाय, नागरिक समाज तथा निजी क्षेत्रसमेतसँगको समन्वय र सहकार्यमा कुनै खुलाक्षेत्र, विद्यालय वा अन्य उपयुक्त स्थानमा संविधानप्रदत्त आधारभूत स्वास्थ्य, खाद्य तथा आवासको प्रबन्धसहित क्वारेन्टाइनको न्यूनतम मापदण्ड पालना हुने गरी अविलम्ब व्यवस्थापन गर्न माग गरेको छ ।
    मञ्चले तत्काल कूटनीतिक पहलमार्फत भारतका विभिन्न ठाउँमा पेशा व्यवसाय र रोजगारीको सिलसिलामा छरिएर बसेका लाखौँ नेपाली नागरिकले सन् १९५० को शान्ति तथा मैत्री सन्धिको दफा ६ र ७ बमोजिम भारतीयसरह पाउनु पर्ने संरक्षण र व्यवहारको प्रत्याभूति दिलाई स्वदेश फर्कन बाध्य हुने स्थिति आउन नदिन उल्लेख गरेको छ । संविधानवाद, कानूनी शासन, मानवअधिकार र सुशासनका मान्यताको अधिनमा रहेर बृहत्तर सार्वजनिक हित तथा जनस्वास्थ्यलाई केन्द्रमा राखी सरकारले अगाडि सारेका नीति, नियम, निर्देशन र कार्यक्रमप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै त्यसको यथोचित परिपालना गर्ने÷गराउने सन्दर्भमा सबैले सक्दो सहयोग गर्न मञ्चले अपिल गरेको छ ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँः मन्त्री

    • ५.
      कांग्रेस सहमहामन्त्री खुलामा रामहरी र अजयबाबुको अग्रता

    • ६.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.