• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ८. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेजमा ३० देखि ५० प्रतिशत छुट

  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन  । भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी) मा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच आज यस सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार भरतपुर महानगरवासीले होल बडी चेकअपमा ५० प्रतिशत, अन्य सम्पूर्ण उपचारमा ३० प्रतिशत र अस्पतालको फार्मेसीमा ७ प्रतिशत छुट पाउने छन् । अस्पतालले बजारबाट खरिद गरेको सामानमा भने छुट सुविधा नपाउने सम्झौतामा उल्लेख छ । यो छुट सुविधा लिनका लागि महानगरले उपचार कार्ड उपलब्ध गराउने छ ।

    यो कार्ड तयार नहुँदासम्म महानगरको सिफारिसका आधारमा यो छुट सुविधा पाईने छ । स्वास्थ्य बीमा, विपन्न र मेडिकल लिगल केसमा भने महानगरवासीले छुटको दावी गर्न पाउने छैनन । महानगरले आयोजना गर्ने स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रमहरु भएमा आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ती अस्पतालले उपलव्ध गराउने सम्झौतामा जनाईएको छ । यसैगरी चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसि क्यान्सर इन्स्टिच्यूटमा संचालित सिटिईभिटिको पढाईमा विद्यार्थीहरुलाई १० प्रतिशत छुटका लागि महानगरले सिफारिस गर्न सक्ने जनाईएको छ । महानगरपालिकाले आफ्नो कार्यालय परिसरमा सर्वसाधारण व्यक्तिहरुले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४ वाई ६ फिटको बोर्डमा दुवै पक्ष बीच भएको सम्झौताको जानकारी राख्नु पर्ने सम्झौतामा उल्लेख छ ।

    यो सेवा मंसिर २ गतेबाट लागू भई २०८२ मंसिर १ गतेसम्म लागू हुने छ । सम्झौतालाई पुनः नविकरण गर्न सक्ने प्रावधान राखिएको छ । सम्झौतामा चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा र भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गर्नुभएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारी र चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपाने र सिएमसी फार्मेसीका सरोजप्रसाद ज्ञवालीले साक्षीमा हस्ताक्षर गर्नुभएको छ । सम्झौता कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर मेडिकल सिटीका रुपमा विकास हुँदै गएको चर्चा गर्र्दै यहाँका अस्पतालहरुको सुविधा उपभोग गर्दा स्थानीयले सहुलियत पाउनु खुशीको कुरा भएको बताउनुभयो ।

    उहाँले भन्नुभयो “अस्पतालै अस्पतालको शहर भनिने यहाँका जनताले पाउने सुविधा के ? भन्ने प्रश्न थियो । भरतपुरवासीले पनि केही त पाए भन्ने गर्भको अनुभूति भएको छ ।” सम्झौताले यहाँको जनताले सुविधा पाउने उहाँको भनाई थियो । सिएमसीसँग विगतमा पनि सहकार्य गर्दै आएको बताउँदै प्रमुख दाहालले यो सम्झौताले दुई संस्थाबीचको सम्बन्ध अझ मजबुद भएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “यो सम्झौतालाई नमूना सहकार्यको मोडेल बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” आफूहरुको प्रस्तावलाई मेडिकल कलेजले सहर्ष स्वीकार गरेर यो सम्झौता गरिएको उहाँको भनाई थियो ।

    सो अवसरमा चितवन मेडिकल कलेजका अध्यक्ष प्रा.डा.हरिश्चन्द्र न्यौपानेले चितवन मेडिकल कलेज नेपालको नम्बर एक मेडिकल कलेज भएको भन्दै सबैभन्दा धेरै स्पेशलिष्ट सेवा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले काठमाण्डौंमा गएर नेपालको नम्बर एक अस्पताल भनिरहँदा महानगरवासी छायाँमा परेका छन् । हामीले केही न केही गर्नैपर्छ भनेर नै यो छुट सम्झौता गरेका हौं ।” यहाँका जनताको चितवन मेडिकल कलेजको सेवा पाउने अधिकार पनि भएको प्रा.डा. न्यौपानेको भनाई थियो ।

    नेपालमा सबैभन्दा धेरै बिरामी र सबैभन्दा बढी स्पेशालिष्ट सेवा, सबैभन्दा बढी शल्यक्रिया गर्ने अस्पताल चितवन मेडिकल कलेज भएको उहाँले जानकारी दिनुभयो । सिएमसी क्यान्सर अस्पतालमा वीपी काईराला मेमोरियल क्यान्सर अस्पतालकोभन्दा एक रुपैयाँ बढी शुल्क नलिएको भन्दै उहाँले भन्नुभयो “क्यान्सरको उपचार पनि सरकारी अस्पतालको शुल्कमा नै गरेका छौं । त्यसमा पनि भरतपुरवासीलाई ३० प्रतिशत छुट हुन्छ ।”

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.