गण्डकी । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले राजमार्ग तथा शहरी क्षेत्रमा सञ्चालन हुने गरी ‘चालकसँग १ मिनेट कार्यक्रम’ शुरु गरेको छ । सवारी दुर्घटनाको जोखिम न्यूनिकरणका लागि यस्तो कार्यक्रम सुरु गरेको गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु ढकालले बताए । एसपी ढकालका अनुसार कोरोना महामारीको कुरालाई समेत मध्यनगर गर्दै कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट गण्डकी प्रदेशको ११ वटै जिल्लामा रहेको ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टले ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो । खराब मौसमका कारण दुर्घटना हुने सक्ने कुरालाई मध्यनजर गर्दै सेचतनामूलक सन्देश दिनका लागि यस कार्यक्रम सुरु गरिएको एसपी ढकालको भनाइ छ ।
चालकसँग १ मिनेट’ कार्यक्रम एक महिनासम्म दिनहुँ सञ्चालन हुने एसपी ढकालले दावी गरे । सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, मोटरसाइकल र स्कुटर चालकले हेल्मट र हेल्मेटको फर्तिा अनिवार्य लगाऔं, पामसे तथा नसाजन्य पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं र तिब्र गतिमा सवारी नचालाऔं भन्दै कार्यक्रममार्फत सचेतना फैलाइने ढकालले बताए । ‘चालकसँग १ मिनेट’ कार्यक्रम पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रको गेट अगाडिबाट शुरु भएको थियो ।

यसैबिच यो कार्यक्रम अब निरन्तर सन्चालन हुने ट्राफिक प्रहरी कार्यालय पुर्वी नवलपरासीका प्रमुख मुनेन्द्र थापाले जानकारी दिए ।गण्डकी प्रदेशकै बढि दुर्घटना हुने जिल्लाको रुपमा परिचित नवलपुरको मुख्य ४ स्थानमा ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर प्रमुख थापाका अनुसार गैंडाकोट , कावासोती , अरुणखोला र दुम्किवासमा ट्राफिक प्रहरी परिचालन गरि कार्यक्रम शुरु गरिएको छ । “ कार्यक्रम एक मिनेट भन्नाले सवारी एक मिनेट रोक्ने मात्र होईन सवारी रोकेर चालकलाई ट्राफिक नियमको बारेमा जानकारी गराउछौ ” ट्राफिक प्रमुख थापाको भनाई छ ।











