कालिका । चितवनकाे कालिका नगरपालिका वडा नं. ११ सैपाममा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाेछ । श्री शुभ शान्ति राष्ट्रिय आधारभूतमा विद्यालयमा महिलाकाे आङ खस्ने समस्या, पाठेघरकाे मुखकाे क्यान्सर र स्तन क्यान्सर सम्बन्धि नि:शुल्क परिक्षण शिविर भएकाे हाे । शिविरमा ६७ जना महिलाहरूकाे स्वास्थ्य परिक्षण गरिएकाे थियाे ।
१६ जनामा पठेघरकाे समस्या, ११ जनाकाे शिविरमै उचार, ५ जनालाई विशेषयज्ञ सेवाकालागि रिफर गरिएकाे स्वास्थ्य शाखा प्रमुख दिपक भण्डारीले जानकारी दिनुभयाे । स्वास्थ्य परिक्षण कार्यक्रममा बाेल्नुहुँदै प्रमुख अतिथि नगर प्रमुख बिनाेद रेग्मीले सैपामका स्थानियहरूलाई स्वास्थ्य परिक्षणकाे लागि भरतपुर लगाएत अन्य अस्पतालमा जानुपर्ने अवस्थाकाे अन्त्य गर्न शिविरकाे आयाेजना गरिएकाे बताउनुभयाे । बिरामी हुनुभन्दा पहिल्यै आफ्नाे स्वास्थ्यकाे ख्याल गर्दै चेक जाँच गर्न स्थानिय बासिलाई आग्रह गर्नुभयाे ।
उहाँले भन्नुभयाे, “स्वास्थ्य शाखाबाट, प्रदेश र स्थानिय सरकारबाट संयाेजन गर्नेगरी चेपाङ समुदायकाे लागि स्वास्थ्य बिमाकाे व्यवस्था गरेका छाैं, यहाँहरूले विमामा सहभागिता जनाईदिनुहाेस् ।” राेग लागेर छट्पटिनु भन्दा नि:शुल्क रूपमा रू १ लाखकाे बिमा गर्न आग्रह गर्नुभयाे । स्वास्थ्य विमामा सहभागी हुन सम्पूर्ण सैपाम बासिलाई नगर प्रमुख रेग्मीले आग्रह गर्नुभयाे । स्वास्थ्य शाखा प्रमुख भण्डारीले आधारभूत स्वास्थ्य सेवा पुर्याउने स्थानिय सरकारकाे दायित्व रहेकाले नि:शुल्क परिक्षण शिविर आयाेजना गरिएकाे जानकारी दिनुभयाे ।
पालिकाकाे स्वास्थ्य संस्थाकाे हिसाबले अलिकति टाँढा भएकाले यहाँकाे जनताकाे स्वास्थ्य अवस्था पत्ता लगाई समस्या भएमा उपचार गराैं भन्ने उद्देश्यका साथ शिविर राख्नुकाे मुख्य कारण रहेकाे बताउनुभयाे । अरूलाई भन्न नसकेका महिलाहरूकाे लुकेकाे स्वास्थ्य समस्या महिला स्वास्थ्य कर्मीबाटै उपचार गरिएकाे उहाले बताउनुभयाे । कालिका ११ का वडा अध्यक्ष कृष्ण वहादुर प्रजाकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा विद्यालयका प्राधानाध्यापक झलक भट्ट, नगरपालिका शिक्षा समितका सदस्य अमृत लामिछाने, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर प्रजा, शिक्षिका अम्बिका खड्का थापा लगाएतकाे उपस्थति रहेकाे थियाे । कालिका नगरपालिकाकी परिवार नियाेजन सुपरभाईजर अधिकृत सीता दाहालले कार्यक्रम सञ्चालन गर्नुभएकाे थियाे ।








