• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

लैगिंक समानतामा प्रतिवद्ध व्यक्ति मात्र उमेदबार बन्नुपर्छ

  •   मङ्गलबार, मङि्सर २५, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    भरतपुर । महिला शान्ती र सुरक्षाका लागि दोस्रो राष्ट्रिय कार्ययोजना कार्यान्वयन सम्बन्धमा चितवन जिल्ला स्थित साझेदार निकायको क्षमता अभिवृद्धि तथा पुर्नताजकी कार्यशाला सकिएको छ । भरतपुर महानगरपालिका, आदर्श नारी विकास केन्द्रको आयोजना एवं द स्टोरी किचेन र युरोपियन युनियनको प्राविधिक सहयोगमा हिजोदेखि शुरु भएको कार्यशालामा दोस्रो कार्ययोजनाको प्रगती र हालसम्मको उपलब्धी, लैगिंक संवेदनशीलता, लैगिंकता र समानताका साथै १० बर्षे ससस्त्र द्धन्द्धमा महिला तथा बालिकामा परेको प्रभावका विषयमा छलफल गरिएको थियो ।

    कार्यशालामा लैगिंक समानतामा प्रतिवद्ध व्यक्तिलाई मात्र उमेदवार बन्न पाउने निति बनाउनुपर्ने आवाज जिल्लाका सरोकारवालाहरुले उठाए । समाजमा असमानताको खाडल कायमै रहेकाले लैगिक समतासहितको समानता जरुरी रहेको उनीहरुले बताए । मानिसभित्र व्याप्त देखिने अहमताको म लाई हटाएर समाजमा भएको विभेद अन्त्यका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने कार्यक्रमकी मुख्य प्रशिक्षक वविता बस्नेतले बताउनुभयो । पछिल्लो समय डिजिटल माध्यममा बढ्दो हिंसाले डरलाग्दो रुप लिन थालेको उहाँले बताउनुभयो ।

    नेपालमा संविधान बनेको १० बर्ष पुगेकाले संविधानमा नसमेटिएका विषयबस्तुलाई सम्बोधन गर्दै परिमार्जन गर्न जिल्लास्तरबाट नै सुझाव आएको छ । संविधानले समावेशी नीति बनाएपनि भान्सामा पुरुष जान श्रीमती महिनाबारी नै हुनुपर्ने अवस्था आज पनि कायम रहेको छ । १० बर्षे लामो ससस्त्र द्धन्द्धले व्यवस्था बदले पनि महिला तथा बालिकाको अवस्थामा सुधार आउन नसकेको विषय छलफलमा चर्को रुपमा उठेको थियो ।

    भरतपुर महानगरपालिका वडानम्बर १ का वडाध्यक्ष केशव महर्जनले फौजदारी अभियोग लागेको व्यक्तिलाई उमेदवार बन्न नपाउने निति बनेजस्तै लैगिंक संवेदनशीलता नभएको व्यक्तिलाई जनस्तरबाटै बहिस्कार गर्नुपर्ने बताउनुभयो । कार्यक्रममार्फत आफ्नो वडाध्यक्षको सामाजिक दायित्व र भुमिका बुझ्न थप मद्धत पुगेको उहाँको बताए ।

    यस्तै वडा नम्बर २५ का वडाध्यक्ष छविलाल सापकोटाले महिलामाथिको हिंसा समाजमा कायमै भएको बताउदै समाज परिवर्तनका लागि सुरुआत आफैबाट गर्नुपर्ने उल्लेख गर्नुभयो । मेरो श्रीमती विरामी हुदाँ म आफै १ महिना महिला भएर काम गरे उहाँले भन्नुभयो आज पनि पुरुषहरु भान्छामा जाँदा महिलाहरुले काम गर्न आउंदैन भनेर निकालिदिने गरेका छन्।

    अभियन्ता एवं चितवन सक्रिय महिला प्रतिष्ठानकी सुजता बतौलाले डिजिटल माध्यमको सहि रुपमा प्रयोग नहुदाँ हिंसाका घटना बढ्दो अवस्थामा रहेको बताउनुभयो । द्धन्द्धप्रभावित जिल्ला सञ्जालका अध्यक्ष पार्वती खड्काले द्धन्द्धपीडित महिलाको सवालसंगै लैगिंकताको विषयमा कार्यक्रमका माध्यमबाट जनप्रतिनिधि र सरोकारवालालाई एकै ठाउंमा बहस हुने वातावरण बन्नु सुखद पक्ष भएको बताउनुभयो । कार्यपालिका सदस्य सिर्जना अधिकारीले जिल्लाका उठेको विषयहरु पहुँचमा बस्नेहरुलाई पनि पुर्याउन बविता बस्नेत जस्ता व्यक्तिले मिडियामार्फत पुरयाइदिन आग्रज गर्नुभयो ।

    महिला शान्ती र सुरक्षाका सवालमा हिजोदेखि भरतपुरमा सञ्चालन गरिएको जिल्लास्तरीय कार्यशालामा सहभागि जनप्रतिनिधि र महिला बालबालिकाको क्षेत्रमा क्रियाशिल जिल्लाका साझेदार निकायका प्रमुखहरुले लैगिंक समानता विनाको समाज अपुर्ण रहेको बताए । आदर्श नारी विकास केन्द्रकी संस्थापक एवं अधिकारकर्मी मीना खरेलले संस्थाले विगत ३५ बर्षदेखि महिला बालबालिकाको अधिकारका लागि लड्दै आएको बताउनुभयो ।

    संविधानले व्यवस्था गरेका समावेशी निति र कानुनलाई पुर्ण रुपमा कार्यान्वयन गरिए मात्र पनि महिलामाथिको हिंसालाई न्युनिकरण हुने उहाँको भनाई थियो । कार्यक्रममा दोस्रो राष्ट्रि कार्ययोजना र यसको कार्यान्वनमा भरतपुर महानगरपालिकाले गरेको प्रगती सम्बन्धमा महानगरका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले प्रस्तुत गर्नुभएको थियो ।

    आदर्श नारीका अध्यक्ष उषा खरेलको अध्यक्षतमा सम्पन्न सो कार्यक्रममा अभियन्ता विदुर केसी, अधिवक्ता गोमा न्यौपाने, द स्टोरी किचेनका मीना विक,मानवअधिकारबादी राजेन्द्र पौडेल, द्धन्द्धपीडित सपना राना, यमकला चुवाई, अभियन्ताहरु शकुन्तला हमाल, मन्जु खाँड,केमिका घिमिरे, अनिता खड्का, शीला अधिकारी, रुकु अधिकारी,गीता देवकोटा, सरिता सुवेदी पाठक, जनप्रतिनिधिहरु जीवनाथ कडेल, राजेन्द्र साँखी, सागर कुमाल, माधव अर्याल, लगायतले बोल्नुभएको थियो ।

    कार्यक्रममा भरतपुर महानगरभित्रको २९ वटै वडाका वडाध्यक्ष तथा जनप्रतिनिधि, कर्मचारी अभियन्ताहरु, मानवअधिकारवादी, जिल्लामा महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल संघसंस्था लगायतको सहभागिता रहेको थियो ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.