• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ५. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

कागती खेतीबाट मनग्य आम्दानी गर्दै कृषक लामिछाने

  •   मङ्गलबार, पुष ०९, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    गण्डकी ।  भिरालो पाखोमा झाडी फाँडेर गरिएको कागती खेती एकजना कृषकका लागि राम्रो आम्दानीको श्रोत बनेको छ । पोखरा महानगरपालिका वडा नं ३१ स्याङखुदीस्थित खनास्वाराका कृषक टुकाराम लामिछानेले कागती बिक्रीबाट मनाग्गे आम्दानी गर्दै आउनुभएको छ । जङ्गलमा परिणत भएको करिब २६ रोपनी जग्गामा छ वर्षअघि आफूले लगाएको ‘सोना’ पाँच सय र ‘लेमन–ठूलो’ जातका दुई सय गरी कूल सात सय कागतीका बिरूवा ठूला भई वार्षिक १० लाख रूपैँया आम्दानी हुनथालेकामा कृषक लामिछाने दङ्ग हुनुहुन्छ ।

    कागती बिक्रीबाट यस वर्ष रू २० लाख आम्दानी हुने अपेक्षा गरेकामा गत चैत वर्षको १२ गते परेको असिनाका कारण क्षति पुग्दा ६० क्विन्टल उत्पादन हुने अनुमान गरेकोमा ३० क्विन्टल मात्र कागती उत्पादन हुँदा सोचेअनुसार पैसा हात पार्न नसकिएको उहाँले बताउनुभयो । “उत्पादन भएको कागती बिक्री हुँदै न कि भन्नु पर्दैन,” उहाँले भन्नुभयो, “कागतीको बोटमा बाह्रै महिना फल लाग्ने रहेछ, बजारमा अहिले प्रतिकेजी दुई सयदेखि दुईसय पचास रूपँैया सम्ममा बिक्री हुने गरेको छ, बाँझिएको जग्गामा कागती लगाएर राम्रै आम्दानी गर्न सफल भएको छु ।

    हावापानी सुहाँउदो जग्गामा कागती लगाइ लाभान्वित हुन सबैसँग अनुरोध गर्दछु ।” नेपाल सरकारको जागिर छोडेर सुरू गरेको व्यावसायीक कागती खेतीले राम्रो आम्दानी दिन थालेपछि बिहानदेखि साँझसम्म कागतीका बोटको स्याहारसुसार गर्नु दैनिकी बनेको बताउँदै ६३ वर्षीय कृषक लामिछानेले थप्नुभयो, “यतिखेरको बेमौसममा पनि दिनमा पचास किलो कागती उत्पादन हुने गरेको छ ।” बाँदरलगायत बन्यजन्तु र चराचुरूङ्गीले समेत नोक्सान नगर्ने, रोक कम लाग्ने, हेरचाहमा पनि धेरै समय खर्च गर्नु नपर्ने र बजार पनि राम्रो भएको कारण कागती खेतीमा भविष्य देखेको उहाँको भनाइ छ ।

    विसं २०७५ साउन महिनामा धरानस्थित पाख्रीबासबाट दुई सय रूपैँयाका दरले खरिद गरेर ल्याएका बिरूवा साउन महिनामा रोपेको जानकारी दिँदै उहाँले भन्नुभयो, “चार वर्षमा उत्पादन दिन सुरू गरेका थिए, पहिलो वर्ष आठ लाख रूपैँया आम्दानी भयो र उत्पादनसहित आम्पादनी बढ्नेक्रम जारी छ ।” चार मिटर फरक र एक मिटर गहिराइका खाल्टामा बिरूवा रोपेर सुरू गरेको कागती खेती गर्दा हालसम्म ८० लाख रूपँैया खर्च भएको उहाँले जानकारी दिनुभयो । कागती रासिलो भएका कारण बजारको माग पनि राम्रो छ । ज्ञान केन्द्र स्याङबाट ल्याई रोपिएका उन्नत जातका लेमनका दुई सय बिरूवामा अहिले कागती लटरम्म फलेका छन् ।

    कृषक लामिछानेले भन्नुभयो, “रूखबाट झरेका फल पेलेर अघिल्लो साल ४८ माना अमिलो उत्पादन भएको थियो, कालो बाक्लो अमिलो प्रतिमाना रू एक हजार र पातलो झोल रू पाँच सयमा बिक्री गर्दै आछु, यस वर्ष पनि ३० माना जति अमिलो उत्पादन भइसकेको छ, झरेका कागतीबाट समेत आम्दानी गर्न सकिने रहेछ । बिरूवा रोपेको चार वर्षमै फल दिन सुरू गरेको कागतीको एउटै बोटबाट एक क्विन्टलसम्म उत्पादन भएको बताउँदै उहाँले बताउनुभयो । “अहिलेसम्म सम्बन्धित क्षेत्रका सरकारवाला पक्षबाट कुनै पनि किसिमको सर–सहयोग प्राप्त भएको छैन,” उहाँले भन्नुभयो, “यतिखेर कागती बगैँचाको काँटछाट, गोडमेलको काम भइरहेको छ ।

    दैनिक पाँच जनालाई ज्यालादारीमा काम लगाउँदै आएको छु । काम गर्ने कृषकलाई प्राविधिकसहित अन्य सहयोग उपलब्ध हुन्छ भन्ने सुनेको छु, खै कसले पाउँछन् थाहा छैन ।” पछिल्लो समय तातोपानी, चिया र खानामा कागती अत्यधिक प्रयोग हुने हुँदा बजारमा माग बढेको छ । कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरू गरेको दावी गर्ने लामिछानेले भन्नुभयो, “राज्यका तर्फबाट कृषकलाई आवश्यक सहयोग गरेर प्रेरित गर्ने हो भने कागतीलगायत फलफूल तथा तरकारीमा देश आत्मनिर्भर बन्न सक्छ ।” वेगनासतालको जलाधार क्षेत्रमा पर्ने उक्त कागती खेतीभित्र अन्तरबालीका रूपमा तरूल, अकवरे खुर्सानी, टिमुर, अमला, एभोकाडो, अम्बा, नास्पाती, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केराजस्ता विभिन्न जातका फलफूलका बोटबिरूवा फष्टाएका छन् ।

    परीक्षणका लागि लगाएको एउटा स्याउको विरूवाले फलदिन सुरू गरेको बताउँदै उहाँले भन्नुभयो, “यस वर्ष ५० देखि ६० वटा फलफलेका थिए सवै बाँदरले खाइदियो ।” लिफ्टिङ प्रविधिबाट बेगनासतालको पानी तानेर बगैँचामा सिँचाइको व्यवस्था गरेको बताउँदै कृषक लामिछानेले दुईसय मिटर पाइप विस्तारसहित तीन लाख रूपैँया खर्च भएको बताउनुभयो । युवाको रोजाइमा विदेश पर्ने र स्वदेशका अधिकांश जग्गा बाँझिने स्थितिको अन्त्यका लागि कृषि उत्पादन तथा उत्पादकत्त्वतर्फ राज्यको ध्यान जानुपर्ने स्थानीय कृषकको भनाइ छ ।

    यसैगरी आयातित उपभोग्य वस्तु विस्थापित गर्ने र आत्मनिर्भर हुँदै स्वरोजगार सिर्जनामा समेत योगदान दिने फलफूल तथा तरकारी खेतीतर्फ आकर्षित गर्न स्थानीय सरकारले नीतिगत व्यवस्थासहित सहयोग गर्नुपर्ने स्थानीय किसानको सुझाव छ । रासस

    चितवनमा दुई जातका अङ्गुरको परीक्षण
    चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी पुनः सञ्चालन
    दूधको मूल्य बढाउन माग गर्दै ज्ञापनपत्र बोकेर चितवनका दुग्ध किसान काठमाडौंमा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ५.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.