चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित छहारी चोकमा २० प्रतिशत छुट सहित डेनसिटी डेण्टल केयर प्राईभेट लिमिटिेड सञ्चालनमा आएको छ ।
दक्ष तथा विशेषज्ञ चिकित्सकहरुद्धारा दाँत तथा गिजाको सम्पुर्ण उपचार सहितको डेन्टल हालै मात्र सञ्चालनमा ल्याईएको हो । डेण्टल मणीराज चौधरी र दिपेश गुरुङ्गले सञ्चालनमा ल्याएका हुन ।
सञ्चालक चौधरीले भरतपुर तथा नजिकका जिल्लाका सेवाग्राहीलाई समेत दन्त उपचारको सेवा तथा पहुच पुरयाउने उद्धेश्य सहित डेन्टल सञ्चालनमा ल्याएको बताए । ‘पछिल्लो समय दाँतको उपचारमा सचेतनामा पनि बद्धि हुँदै गएको छ, चौधरीले भने, यसको पहुच सबै ठाउंमा पुगोस भन्ने पनि हाम्रो चाहना हो ।’
डेन्टलमा अत्यधुनिक प्रविधि सहितको उपचार हुने भएकोले सहुलियत दरमा जुनसुकै उमेर समुहका सेवाग्राहीले सेवा लिनसक्ने उनको भनाई छ ।
डेन्टलमा हाल दाँत सम्बन्धी परिक्षण तथा परामर्श, नमिलेको दाँतलाई वरिष्ट अर्थोडेण्टिष्टद्वारा मिलाइने, गिजा सुनिने, श्वास गन्हाउने, गिजाबाट रगत आउने तथा पुरानोभन्दा पुरानो दन्तहर्ष, दाँत सफा गर्ने तथा टल्काउने, दाँतमा सिसा, सिमेन्ट भर्ने, नयाँ दाँत राख्ने, झिक्नुपर्ने अथवा झिक्नै नपर्ने गरी फिक्स गर्ने, दुखेको दाँतको जराबाटै उपचार, दाँतमा हिरा राख्ने, दाँतको अत्यधुनिक कम्प्युटर प्रविधिबाट एक्स–रे सहितको सेवा उपलब्ध छ ।
विदेशमा दाँतको उपचार महंगो हुने भएकोले नेपालबाट विदेश जाने नेपाली तथा विदेशबाट नेपाल आउने विदेशी तथा नेपालीहरुले पनि दाँतको उपचार गर्ने गरेको चौधरीले बताए । डेन्टलमा दन्त विशेषज्ञ सहित पाँच जनाले उपचार तथा परामर्श दिदै आएका छन । आगामी दिनमा सेवालाई थप विस्तार गर्दै लैजाने सञ्चालक चौधरीको भनाई छ ।








