नुवाकोट । नुवाकोटमा रहेको प्रहरी चौकी झिल्टुङ नुवाकोटको नवनिर्मीत भवनको आन्तरीक मामिला तथा कानुन मन्त्री माननीय शालिकराम जम्कट्टेलले मंगलबार उद्घाटन गरेका हुन् । प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको एक करोड बयासी लाख पैतिस हजार तिन सय चौहत्तर रुपैया सहयोगमा तयार भएको प्रहरी चौकी झिल्टुङ नुवाकोटको नव निर्मित कार्यालयको मन्त्री जम्कट्टेलले उद्घाटन गरेका हुन् । मन्त्री जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उक्त भवन निर्माण कार्यमा सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरेका थिए । भवन उद्घाटन कार्यक्रममा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भुजेल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरि,नुवाकोटका प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकाल, जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, प्रहरी नायव उपरीक्षक हरि बहादुर वली, सशस्त्र प्रहरी नायव उपरीक्षक मदन ढुङ्गान, राष्ट्रिय अनुसन्धान विभाग नुवाकोटका प्रमुख अनुसन्धान अधिकृत हेमन्त चौधरीलगायतको उपस्थिति थियो ।










