• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’

  •   शुक्रबार, पुष २६, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    तुलसीपुर (दाङ) । तुलसीपुर–१ छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आउनुभयो । मलेसियामा पनि राम्रो कमाई नभएपछि उहाँले गाउँमै केही गर्ने प्रण गर्नुभयो र सुरू गर्नुभयो विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उहाँले मूर्ति बनाउन सुरू गर्नुभयो । अहिले उहाँ विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहनुभएको छ । तुलसीपुर–१ स्थित धनेश्वर मन्दिरमा उहाँले शिव, बाघ, गणेश, नन्दी, शिवलिङ्ग, डमरू, नागले बेरेको मूर्ति बनाउनुभएको छ । “गाउँकै मन्दिर पनि हो, सबैले मेरो कला देख्नुभएको थियो”, सुवेदीले भन्नुभयो, “त्यसपछि न्यून शुल्कमा मैले सबै मूर्ति बनाएँ ।”

    त्यतिमात्र होइन सुवेदीले सोही वडाकै देवीस्थान मन्दिरमा नन्दीको मूर्ति, तुलसीपुर–८ अस्वारमा बाघका मूर्ति र सोही वडाको कृष्ण मन्दिरमा शिवलिङ्ग पनि बनाउनुभएको छ । उहाँले खाली समयमा घरमा पनि विभिन्न मूर्ति बनाउने गर्नुभएको छ । “बाहिरबाट खासै माग भइरहेको छैन, अझै सिक्दैछु”, सुवेदीले भन्नुभयो, “फुर्सदका बेला घरमै पनि मूर्ति बनाउने गरेको छु ।” जिल्लाभित्र छिटपुट रूपमा माग हुने गरेको भए पनि बाहिरबाट अझै माग नभएको भन्दै प्रचारप्रसार गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । उहाँले दुई वर्षदेखि यसरी नै मूर्ति बनाउने कार्य सुरू गर्नुभएको हो ।

    “सुरूमा चित्र हेरेर कलमले कोर्ने गरेँ, केही समयमा माटोको मूर्ति बनाएँ”, सुवेदीले भन्नुभयो, “अलि सिकेपछि सिमेन्ट प्रयोग गरेर मूर्ति बनाउन सुरू गरेको हुँ ।” एउटा मूर्ति बनाउन रू ३० हजारसम्म पारिश्रमिक लिने गरेको सुवेदीले बताउनुभयो । त्यसमा पनि मूर्तिको आकारअनुसार पारिश्रमिक निर्धारण हुने गरेको उहाँको भनाइ छ । स्थानीयस्तरकै व्यक्तिले यसरी मूर्ति बनाउँदा यसलाई सबैतिरबाट प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ छ ।

    “म आफैँ स्थानीयस्तरमा मूर्ति बनाइरहेको छुँ”, उहाँले भन्नुभयो, “तर अझै पनि ढुङ्गाबाट बनाएका मूर्ति भारतबाट ल्याउने गरिन्छ, स्थानीयस्तरको कुरालाई प्रवर्द्धन गर्नेतर्फ सबैले ध्यान दिए हुन्थ्यो ।” यही पेसाबाट नै आफू स्थापित हुने सुवेदीको चाहना छ । त्यसका लागि सरकारले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ । वडामा भएका यस्ता प्रतिभालाई प्रवर्द्धन गर्नतर्फ आफू तयार रहेको वडाध्यक्ष हुमकान्त सापकोटाले बताउनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.