चितवन । जिल्ला खेलकुद विकास समिति चितवनले नयाँ खेल रेफ्रीहरुलाई सूचीकृत हुन आह्वान गरेको छ । समितिको बैठकले नयाँ रेफ्रीहरुको सूचीकृत र पुराना रेफ्रीहरुको नविकरण गर्ने निर्णय गरेको हो ।
सोही अनुसार सूचीकृत हुन समितिले सार्वजनिक सूचना जारी गर्दै आह्वान गरेको हो । नयाँ रेफ्री सूचीकृतका लागि रु.एक हजार र नविकरणका लागि रु.५ सय तोकिएको नवनियुक्त अध्यक्ष राजन कार्कीले जानकारी दिए ।
यही माघ ५ गतेसम्म लाइसेन्स वा प्रमाणपत्र पेश गरी सूचीकृत हुन सकिने अध्यक्ष कार्कीले जानकारी दिए । उक्त मिति भित्रमा सूचीकृत हुन नसकेका रेफ्रीहरुले डबल दस्तुर तिरेर अर्को एक साता भित्रमा सूचीकृत हुने सक्ने उनको भनाई छ ।









