सांकेतिक तस्विर
रौतहट । रौतहटको माधवनारायण नगरपालिका-७ मा १७ वर्षीया युवतीको गोली हानी हत्या भएको छ । लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो । बुधबार राति सुतिरहेको बेला कन्चटमा गोली प्रहार भएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकी आमा सितादेवी राति घरको ढोका खोली शौचालय गएको मौका छोपी अज्ञात व्यक्ति घरमा प्रवेश गरेर गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए गोलीको आवाज सुनेर आमा शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको र केहीबेरमै मृत्यु भएको थियो । घटनामा संलग्नको पहिचान भइसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।








