• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०२, २०८३
☰
सोमबार, कार्तिक ०२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

गैँडाकोटका करिब साढे तीन हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरको गैँडाकोटमा रहेका करिब साढे तीन हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने भएको छ । यहाँका ५६ वटा खोप केन्द्रबाट तीन जार चार सय ६६ किशोरीलाई एचपिभी खोप लगाउन लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । गैँडाकोट नगरपालिक भित्रका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत तीन हजार ३१६ विद्यार्थी तथा विद्यालय बाहिर भएका एक सय ५० किशोरी गरी तीन हजार ४६६ किशोरीलाई खोप लगाउने तयारी गरिएको जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बताउनुभयो ।

    पालिकामा खोपको गुणस्तर कायम हुने गरी तयारी थालिएको भन्दै ५६ वटा खोप केन्द्रमा ६० खोप कार्यकर्ता एवम् १२० स्वयम्सेवक परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । निःशुल्क प्रदान गरिने एचपिभी खोप आगामी वर्षदेखि नियमित रुपमा फागुन महिनामा विद्यालयका कक्षा ६ मा अध्ययनरत तथा विद्यालय बाहिरका १० वर्षका किशोरीहरुलाई लगाइने आचार्यको भनाइ छ । आचार्यले पाठेघरको मुखको क्यान्सरलाई रोकथाम गर्ने उद्देश्यले गैँडाकोटमा माघ २८ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो । विश्वभर महिलामा लाग्ने क्यान्सरमध्ये ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) बाट हुने क्यान्सर चौथो नम्बरमा पर्ने आचार्यको भनाइ छ ।

    हरेक दिन सात जनालाई यो रोग लाग्ने गरेकोमा चार जनाको यस रोगबाट मृत्यु हुनेगरेको उहाँको भनाइ छ । किशोरीहरुको बायाँ पाखुरामा एचपिभी विरुद्धको ‘सिकोलिन’ खोप शुन्य दशमलब पाँच एमएल लगाइने भन्दै आचार्यले यो खोप सुरक्षित भएकाले अभियानमा सबै किशोरीहरुले लगाउनुपर्ने बताउनुभयो । पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्यका साथ सरकारले नौ वर्ष अघि नै कास्की र चितवनमा यो खोपको सफल परीक्षण गरिसकेको आचार्यले बताउनुभयो । ह्युमन प्यापिलोमा भाइरसका कारण महिलामा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्ने र यसले मलद्वार, योनी र घाँटीको पछाडिको भागमा छिटो आक्रमण गर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

    महिलाको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि प्राथमिक चरणमा खोप, दोस्रो चरणमा परीक्षणबाट रोग पहिचान तथा तेस्रो चरणमा उपचार पद्धती रहेको आचार्यको भनाइ छ । ३० देखि ४९ वर्षसम्मका सबै महिलाले पाँच वर्षको अन्तरालमा पाठेघरको मुखको परीक्षण गर्नुपर्ने भन्दै आचार्यले गैँडाकोट नगरपालिकाको आधारभूत अस्पतालमा हरेक बिहीबार निःशुल्क रुपमा भिआईए परीक्षण गरिने बताउनुभयो ।

    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै
    उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.